कोसेलीको रजत उत्सव भव्यतापूर्वक सम्पन्न फोटो सहित


जय आले, कुवेत

IMG_0065१० अक्टुवर २०१५ । सन् २०१० देखी कुवेतमा प्रकाशित हुँदै आएको नेपाली छापा पत्रिका मरुभूमिको कोसेलीले आफ्नो २५औं अंक प्रकाशनको उपलक्ष्यमा हिजो ०९ अक्टुबर २०१५ का दिन एक शानदार समारोहबीच आफ्नो रजत उत्सव मनाएको छ ।

कुवेतको ५ तारे होटल जे डब्लु म्यारियटमा आयोजना गरिएको कार्यक्रममा कोसेली समुहका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्व, महामहिम राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्य र कोसेलीका उपाध्यक्ष मनु मगरको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । कार्यक्रममा पूर्व सभासद तथा नेकपा एमालेकी पोलिट ब्युरो सदस्य बिन्दा पाण्डे, केन्द्रिय सदस्य तथा मध्यपुर्व संयोजक श्री प्रसाद शाह, नेपाली दुतावासका मिनिस्टर काउन्सुलर लेखनाथ भट्टराई, नेपालका सुप्रख्यात गायकद्वय मिलन लामा, प्रकाश कटुवाल, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, पुर्वाध्यक्ष तथा समाजसेवी राजेन्द्र तामाङ, युएई एक्सचेन्जका बिडिएम हेड रेन्जिथ पिल्लाई र मेट्रो मेडिकल कियरका बिडिएम हेड मि. हाम्जा बिशेष अतिथिको रुपमा उपस्थित थिए भने कुवेतका स्थानिय भिआईपी व्यक्तित्वहरु लगायत कुवेतको नेपाली समाजलाई नेतृत्व गरिरहेका विभिन्न सँघ-संस्थाका अध्यक्ष, बुद्धिजीबी, पत्रकार तथा व्यवशायीको उपस्थिती रहेको थियो ।

IMG_0118कोसेलीको २५औं अंकलाई नै सिल्भर जुब्ली (रजत महोत्सव)को स्वरुपमा मनाईएको कार्यक्रमको उदघाटन प्रमुख अतिथी र विशेष अतिथीद्वारा केक काटेर गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कोसेलीका संस्थापक तथा प्रबन्ध निर्देशक सुजन केसीले कोसेलीले स्थापना देखी आजसम्म गरेको यात्रा सम्बन्धी छोटकरीमा प्रकाश पार्नुका साथ यस यात्रा अवधीभर कोसेली सञ्चालनको लागि अहोरात्र खटेर समाचार लेख्ने पत्रकारहरु, सहयोगि तथा शुभचिन्तकहरु र सम्पूर्ण पाठकवर्गलाई एकमुष्ट धन्यवाद ज्ञापन गरे ।

IMG_0039यसरी नै प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदुतले कोसेलीले आज आफ्नो २५औं अंक बजारमा ल्याउनुका साथ नेपालीहरुले गल्फमा मजदुरी मात्रै नभएर अन्य टेक्नोलोजी सम्बन्धी कार्यहरु पनि गर्न सक्षम हुँदा रहेछन भन्ने सन्देश बिदेशी पाहुनाहरुलाई दिन सफल भएको भन्दै कोसेलीका हरेक सकारात्मक कार्यहरुमा दुतावासको साथ र सहयोग रहने बताउनु भयो । यस्तै, पूर्व सभासद विन्दा पाण्डेले मुलुकमा २००७ सालदेखी जनताले चाहेको संविधान बनेकोले अब आर्थिक सम्बृद्धीका लागि देश बिदेशमा रहेका सबै नेपालीहरु लाग्नुपर्ने भएकोले कोसेलीलाई साथमा लिएर नेपाल फर्कने देशमा बातावरण बनोस् भन्नु भयो ।  मन्तव्यकै क्रममा कलाकार मिलन लामा निकै भावुक मुद्रामा प्रस्तुत हुँदै, कुवेतमा कोसेलीको दिर्घायुको कामना गर्न आफु असमर्थ रहेको बताउँदै, बिदेशीनु नेपालीहरुको बाध्यता भए पनी बिदेशमा देखाउने यहि जोश र जाँगर नेपालका बाँझा खेत बारीहरुमा देखाउन सके अझै पनि नेपालीहरु नेपालमै बाँच्न सक्ने स्थिती रहेकोले कोसेलीको साथमा बिदेशमा कमाएको शिप, तालिमलाई यथाशिघ्र आफ्नो मुलुक फर्केर सदुपयोग गर्न सुझाब दिनुभयो ।

IMG_0035बौद्दिक व्यक्तित्व एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका पुर्वाध्यक्ष किरण पौड्याल र कोसेलीका महासचिव अर्जुन बस्नेतले शानदार रुपमा सञ्चालन गरेको कार्यक्रममा अर्जुन तामाङ, राजेन्द्र तामाङ, राजन कुँवर, कुमार झापाली, रेन्जिथ पिल्लाई र मि. हाम्जा लगायले शुभकामना मन्तव्य दिएका थिए ।

यसैगरी, कुवेतमा रोजगारीको लागि आउँदा निम्न स्तरको पद र थोरै तलबमा आएका तर आफ्नै मेहनत, लगन र कौशलताबाट नेपालीहरुले गर्व गर्न लायक हैसियत बनाउन सफल भएका भन्दि निम्न १० नेपाली व्यक्तित्वहरुलाई सो समरोहमा आयोजकले सम्मान गरेको छ । जसमा:
१) प्रेम शाह SAVECO कम्पनीमा कन्ट्रि एक्जुकेटिभ बिजनेस म्यानेजर
२) किरण पौड्याल – संयुक्त राष्ट्रसंघको कुवेत मिशन कार्यालयमा Procurement Coordinator एवं युनिट-4 हेड
३) राजन कुँवर – जापानिज कम्पनी लिडाको मार्किेटङ म्यानेजर
४) राजेन्द्र तामाङ – मराफि सेक्युरिटी कम्पनीमा डाईरेक्टर अफ सेक्युरिटी
५) ईन्द्र प्रसाद पोखरेल – संयुक्त राष्ट्र संघ कुवेत मिशन कार्यालयमा एड्मिन एसिस्टेन्ट
६) टेक बहादुर कार्की – एजिलिटी कम्पनीमा वायर हाउस डाईरेक्टर
७) नेत्र बहादुर लिम्बु – अल्घानिम सेक्युरिटी ग्रुपका सेक्युरिटी म्यानेजर
८) राजु कार्की – चौतारी रेस्टुरेन्ट, चौतारी मोबाईल र नमस्ते वाच तथा गिफ्ट सपका संचालक
९) दान बहादुर पुरी – रेड डाईमण्ड सुपर मार्केट र दुईवटा वल्ड मेट्रियल दुकानका संचालक
१०) सुनिल भण्डारी – फुड कम्पनी ब्mभचष्अबलबमा रिजनल अथार्त खाडी क्षेत्रका मार्केटिङ म्यानेजर रहेका छन । वहाँहरु सवैलाई महामहिम राजदुत र पूर्व सभासद विन्दा पाण्डेद्धारा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

IMG_0057कार्यक्रमलाई युएई एक्सचेन्जले मुख्य स्पोन्सर र मेट्रो मेडिकल कियरले सह-स्पोन्सर गरेका थिए । मेट्रो मेडिकल एक अस्पताल हो र हिजै मात्र कुवेतको फर्वानियामा उदघाटन भएको छ भने फुट च्वाईस कम्पनिले पनि सह-स्पोन्सर गरेको थियो ।

यसै अवसरमा कोसेलीको २५औ अंकसगै नेपालकुवेत डट कम अनलाईन र छापा पत्रिका कोसेलीलाई भिन्न पत्रकारहरुको नेतृत्व रहने गरी कार्य बाँडफाड गरिएको छ । जसमा नेपालकुवेत डट कमको प्रधान सम्पादकमा पत्रकार महासँघ कुवेतका अध्यक्ष हरीकृष्ण न्यौपानेलाई नियुक्त गरिएको छ भने कार्यकारी सम्पादकमा नवराज पन्थी र सम्पादकमा नव-प्रवेशी पत्रकार एकराज मल्ललाई जिम्मेवारी दिदै स्वागत गरिएको छ । पत्रकार एकराज मल्ल यसअघी परदेशी खबर डट कममा कार्यरत थिए । यसैगरी, कोसेली छापा पत्रीकाको लागि बरिष्ट पत्रकार तोयानाथ दाहाललाई पुन. प्रधान सम्पादकको जिम्मेवारी दिईएको छ भने आनन्द आचार्यलाई कार्यकारी सम्पादकमा नियुक्ती गरिएको छ ।

IMG_0041कोसेली परिवारले मुख्य स्पोन्सर युएई एक्सचेन्ज, सह-स्पोन्सरहरु मेट्रो मेडिकल, फुट च्वाईस कम्पनि लगायत दान बहादुर पुरी, राजन कुँवर, पदम पौडेल, राजेन्द्र तामाङ, अर्जुन तामाङ, कुमार झापाली, कल्याण कुमार श्रेष्ठ, शमसेर रानाभाट, प्रेम शाह, मित्र सिंजाली, शिब कोईराला, गोपाल गुरुङ, हुमाकान्त पाण्डे, घनश्याम भण्डारी, किरण आले, जय आले, बम विष्ट, मोक्तान तामाङ चौतारी, राजु कार्की चौतारी, रबी बन्जाडे र राम बस्नेतलाई सहयोगिको रुपमा लिंदै बिशेष धन्यावाद दिएको छ । साँझ ०८ बजेबाट शुरु भएको कार्यक्रम रात्रीको ११ बजेसम्म चलेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.