दिपेन्द्र विष्ट, काठमाडौं
आश्विन २१, २०७२- गृह मन्त्रालयले बिहिबार बस्ने मन्त्रीपरिषदको बैठकमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म (असाेज २६ देखि कात्तिक ९ गतेसम्म) सार्वजनिक बिदा दिने प्रस्ताव पेश गर्दैछ । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भारतले गरेको अघोषित नाकाबन्दीका कारण दैनिक जनजीवन कस्टकर बन्दै गइरहेको कारण छिट्टै सार्वजनिक बिदा दिने तयारी गरेको हो । ‘इन्धनको अभावले सबैलाई कार्यालय आउजाउ गर्न निकै समस्या हुन थालेको छ,’ उनले भने, ‘कतिपय विद्यालय बन्द भइसके । त्यसैले सार्वजनिक बिदा नै दिए केही सहज हुने भएकाले यस्तो प्रस्ताव गर्न लागेका हौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/10/2015
इन्धन अभावले घटस्थापनादेखि पूर्णीमासम्म बिदा दिने तयारी
Posted in नेपाल समाचार
प्रवासी नेपाली मंच कुवेतको दोश्रो अधिवेशन लागि केन्द्र बाट आउनु भएका प्रमुख अतिथी क.हरु लाई भब्य स्वागत।
सुरेश गुरुङ,कुबेत
भोली शुक्रबारका दिन हुन गईरहेको ने.क.पा.एमालेको भातृसंगठन प्रवासी नेपाली मंन्च कुवेतको दोस्रो अधिवेसन को लागी केन्द्र बाट आउनु भएका प्रमुख अतिथी पोलिटब्यूरो सदस्य बिन्दा पाण्डे, र मध्यपुर्व इन्चार्ज श्रीप्रसाद शाह,लाई कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवासी नेपाली मंच कुवेतको प्रतिनिधिहरु,ले खदा ओढाई भब्य स्वागत गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दशैमा घर आउन पाएन आमा
तुलसा मल्ल ठकुरी ,कुबेत
यसपालिको दशैमा पनि भेट हुने भयन आमा।
हजुरको याद मा हरपल रोय पिडा कतै गयन आमा।।
बाध्यताले परदेसी भय हजुर लाई एक्लो पारेर आमा।
नभन्नु छोरी फर्किएर दशै मा पनि आएन आमा।।
गरिबको जिन्दगी आफ्नो हात मा हुदोरहेन्छ आमा।
सम्झनुहोला परदेसी छोरिले छुट्टी पाएन आमा।।
परायको रुखो वचन दुख सामना गरे आमा।
हजुर हुनुन्छ सबको साथ मा म त एक्लै परे आमा।।
टिका जमरा नलाय पनि आशिष् हजुरको पाउ आमा।
मुग्लान बाट भय पनि यक कल फोन गर्छु आमा।।
Posted in कविता, मुक्तक/चुट्किला, साहित्य