का‌ंग्रेसबिनाको सरकार कल्पना गर्न सकिन्न, नेतृत्व एमालेकै : प्रचण्ड


कुमार लुइँटेल
Prachanda_958044392विराटनगर : एमालेले कांग्रेसबिना नै बहुमतको सरकार बनाउने कसरतमा जुटिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जटिल परिस्थितिमा काँग्रेसबिनाको नयाँ सरकार कल्पनासम्म गर्न नसकिने बताएका छन्। एमालेको नृतृत्वमा कांग्रेससहितको सरकार बनाउनु पर्ने बताउँदै उनले भने, काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिन्न, नेतृत्व एमालेको हुनुपर्छ।’नयाँ सरकार गठन गर्न तीन पटकसम्म भद्र सहमति भएको खुलासा गर्दै प्रचण्डले भने,‘सुशील कोइरालाले संविधान जारी भएपछि आफूले छाड्ने र एमालेलाई दिने भनेर तीन पटकसम्म भन्नु भएकै हो ।’

इटहरीमा हुने कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन त्यसतर्फ जाने क्रममा बुधबार विराटनगर विमानस्थलमा प्रचण्डले भने,‘सरकारमा सबै दल आउनु पर्छ, कोही पनि बाहिर बस्नु हुन्न, अहिलेको राजनीतिक निकासका लागि पनि सर्वदलीय सरकार चाहिन्छ ।’

प्रचण्डले आफ्नो पार्टीले राष्ट्रपति वा प्रधानमन्त्री कुनै पनि पदमा दाबी नगरेको बताउँदै जारी संविधानलाई जनतासम्म लगेर लागू गराउनु प्रमुख चुनौती रहेको स्पष्ट गरे । उनले अहिले भारतले गरिरहेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत भएको जनाउँदै भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारलाई भारतले कुनैपनि हालतमा कटौती गर्न नहुने बताए ।

नाकाबन्दीले जनतालाई निकै कष्ट भएकोले यसलाई समाधान गर्न सरकार गम्भीर हुनुपर्ने र राजनीतिक शक्तिहरुले पनि पहल गर्नुपर्ने बताउँदै प्रचण्डले भने,‘चाडबाड नजिकिएको बेला जनतालाई कसैले पनि दुःख दिने काम गर्नुहुन्न ।’ उनले मधेशी मोर्चासँको जारी वार्तालाई निश्कर्षमा पुर्‍याएर मधेशका मागको सम्बोधन हुने पनि बताए । (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.