क्षमा माग्दै थरुहट्वारा दाङमा बन्द हड्ताल फिर्ता


अबदेखि सभा र जागरण अभियान चलाउने
Tharuhat-aandolan-Firta१८ असोज, दाङ । थरुहट-थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ । अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने थरुहटले जनाएको छ ।गत साउन २७ गतेदेखि आम हड्ताल गर्दै आएको संघर्ष समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो ।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले विज्ञप्ति निकालेर सोमबार बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुल्ला रहनदिने बताएका छन् । विज्ञप्तीमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हड्ताल नगरी कोणसभा, आमसभा, अन्तर्क्रिया र जनजागरण अभियान चलाउने उल्लेख छ । साथै हालसम्मको आन्दोलनका क्रममा सर्बसाधारणलाई परेको समस्याप्रति पनि क्षमायाचना गरिएको छ ।
थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउनु पर्ने, जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानपुपातीक समावेसीको सुनिश्चितता हुनुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ ।
– दशरथ घिमिरेबाट

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.