पार्टी छाडेका बाबुरामलाई मञ्च नदिन पासाङको निर्देशन


कारवाही भोग्न तयार छौं : मगर मोर्चा
Baburam-Pasang१८ असोज, पाल्पा । एकीकृत नेकपा माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईको उपस्थितिमा पाल्पाको तानसेनमा सोमबार मगर राष्ट्रिय मुक्ति मोर्चाले गर्न लागेको कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको छ । पार्टी परित्याग गरेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागिएको भन्दै मगर मोर्चालाई कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको हो । यसअघि नै तय गरिएको कार्यक्रम भएकाले कार्यक्रम रोक्न नसकिने मोर्चाले जवाफ पठाएको छ ।
मगर राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको आयोजनामा सोमवार पाल्पाको तानसेन नगरपालिका हलमा ‘पहिचान र अधिकारका निम्ति मगरात संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । स्रोतका अनुसार पार्टी केन्द्रको तर्फबाट नन्दकिशोर पुन पासाङले आयोजक मोर्चाका नेताहरुलाई टेलिफोन गरी कार्यक्रम नरोके कारवाही गर्ने चेतावनी दिएका छन् ।
कारवाही भोग्न तयार छौं : महासचिव
पार्टी केन्द्र कार्यक्रम नगर्नु भन्ने निर्देशन दिएको भए पनि आफूहरु कारवाही भोग्न तयार हुने तर कार्यक्रम नरोक्ने मोर्चाका महासचिव बालकृष्ण काउछाले बताए ।पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा कार्यक्रम गर्ने निर्णय भएअनुसार नै कार्यक्रम गर्न लागिएको काउछाले बताए ।
डा. भट्टराई पहिचानसहितको संघीयताको पक्षधर स्वतन्त्र ब्यक्ति भएकाले स्वतन्त्र ब्यक्तिकै रुपमा कार्यक्रममा मञ्च दिइने मोर्चाले जनाएको छ ।कार्यक्रममा एमाओवादीका तर्फबाट रामचन्द्र झा, रामकुमार शर्मा, बामदेव क्षेत्री लगायतका वक्ताहरु रहने काउछाले बताए ।कार्यक्रममा मगर संघ तथा मगरात संघर्ष समितिले आफ्नो धारणा राख्ने, तथा अन्य नागरिकका सुझाव लिने काउछाले बताए ।
नागरिक समाजका अगुवा दमननाथ ढुंगाना र नेपाल प्रहरीका पूर्व आइजीपी कुबेरसिंह रानालाई पनि कार्यक्रममा आमन्त्रण गरिएको आयोजकले जनाएका छन् ।मगरात भूमिलाई प्रदेश नं. ४, ५ र ६ मा विभाजन गरेर ऐतिहासिक भूमि विभाजनमा पारेको भन्दै यस क्षेत्रका बासिन्दाले आन्दोलन गर्दै आइरहेका छन् ।
आयोजक एमाओवादीको जनवर्गीय संगठन मगर राष्ट्रिय मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष सरन बाठा, महासचिव काउछा लगायतका पदाधिकारीहरु आइतबार नै पाल्पा आएका छन् ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.