ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय


03102015053054KP-600x0आश्विन १७, २०७२- एमाले स्थायी समितिको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधान बनेपछि बस्ने संसद बैठक सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले असोज १५ गते सात दिनभित्र सहमतीय सरकार गठनको लागि राजनीतिक दललाई आग्रह गरिसकेका छन् । सात दिनभित्र सहमतीय सरकार बन्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनकाे लागि अाह्वान गर्नेछन् ।

संविधान जारी भएपछि एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व गर्न दिने दलहरुबीच भद्र सहमति भएको भनिंदै आएको छ ।

एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन पहल गर्नको लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र विद्या भण्डारी सम्मिलित कार्यदल समेत बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सकेसम्म सहमतीय सरकारमा जोड दिने निर्णय गरेको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.