लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै


सुरेश गुरुङ,कुबेत

12007179_1049458591753330_20739027_n“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले कुवैतको जिलिबस्थित वेडीङग हल मा (नबौं) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर शुभकामना आदानप्रदान सहित मिती अक्टोबर ९ तारिक शुक्रबारका दिन नेपालका बहुचर्चित सुपर स्टार लोक गायक (मिलन लामा र प्रकाश कटुवाल) को साथमा लालीगुराँस साँस्कृतिक परिवार कुवैतका कलाकारहरुको निकै रोचक प्रस्तुति रहने भएको छ।

यो पटक भने चर्चित लोकगायक मिलन लामा र तिजको गीतमा ढाडे बिरालो गीतबाट ह्वात्तै चर्चामा आएका प्रकाश कटुवालले यसपालीको दशै कुवैतबासी नेपाली दाजु भाई दिदी बहिनीहरुलाई छमछमी नचाउने भएको छ भने अर्को मनोरज्न आफ्नो सांस्कृतिक लाई झल्काँउने कुवैतमा पहिलो पटक पञ्चेबाजा पनि साथमा घन्किने भएको छ। साँचैनै कुवैतको इतिहासमा सुनौलो अक्षरले लेखिने र कार्यक्रम अवश्य पनि भव्यसभ्य हुने सम्पूर्ण कुवेतवासी नेपालीहरुले आसा गरेका छन । बिजया दशमीको बिशेष कार्यक्रम राखिएकोले उक्तदिन अर्को कार्यक्रम नगरि यो कार्यक्रमलाई पूर्णरुपमा सफल पार्न आयोजक ले अनुरोध गदै कुवैतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्नु भएको छ।

लालीगुराँस सांस्कृतिक परिवार ले आफ्नो स्थापना कालदेखी नै कुबेतवासी लाई मनोरन्जन दिदै नेपाल बाट ख्याती प्राप्त कलाकारहरु:- राजेश पाएल राई, बी. बी. आनुरागी,अर्जुन कौशल जस्ता कलाकारहरु बोलाई मनोरन्जन दिसक्नु भएको छ भने यसपाली भने ङकङ आइडिले, माझी दाइ, कृष्णभिरमा जाम् परयो,जस्ता गीतहरुबाट लोकप्रियताको उंचाई टेक्नुभएका लामासंगै अर्का लोक गायक प्रकाश कटुवाल “चोर बिरालो पल्क्यो” “यो रक्सीको गन्ध” “सिरानी टाँग मुनि” “ढाडे बिरालो” मुख छोप्छेउ लाजले” अहिले नेपाली बजार मा एकदमै सुपर हिट चर्चित कलकार युगल दोहोरी प्रस्तुतिका साथै स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहने गरि सांगीतिक कार्यक्रम गर्ने लालीगुराँस साँस्कृतिक परिवारका महासचिव प्रेम ब. कटवालले (कुबेत नेपाल डटकम) लाई जानकारी गराउनु भएको छ।

कार्यक्रमको विवरण:-
आयोजक: लालीगुराँस साँस्कृतिक परिवार कुबेत
स्थान: जिलिब वैडिङ हल
मिति: अक्टोबर ९ तारिक शुक्रबार २०१५
समय: मध्यान्ह १२ बजे देखि बेलुका ६ बजे सम्म
टिकेट शुल्क: कुवेती ३ डिनर

बिस्तृत जानकारी एवं टिकेटको लागि सम्पर्क:
९७७७६५१३, ६७६०५८९७, ६०४०७७५५, ५०१५५०८३, ५५५४०२०१, ५०६४९९२८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.