मध्यपूर्व उपसंयोजकको पदमा म धर्मराज गिरी को १३ बुदे मुद्दाको साथमा उम्मेदुवारी


12079128_10206177387531404_3317281723586271440_nगैरआवासीय नेपालीहरुको बलियो सञ्जाल एनआरएनको सातौ अन्तराष्ट्रिय सम्मेलन नजिकिदै जाँदा विभिन्न पदमा उम्मेद्वारी दिने क्रम बढेको छ । यसैगरी मध्यपूर्व उपसंयोजकको पदमा म धर्मराज गिरी आफ्नो उमेद्वारी घोषणा गरेको सबैमा सर्बबिदितै छ ।  एनसिसी कुवेतको निबर्तमान अध्यक्ष तथा पुर्व दुई कार्यकालमा प्रथम उपाध्यक्ष रहि कार्य प्रदान गरेको अनुभव रहेको हुँदा र आफ्नो परिवारको लागि उच्च शिक्षा, व्यावसायिक सम्भावना र रोजगारीको खोजीमा हामी प्रवासिन पुग्यौँ र, विश्वभर छरिएर रहेका छौँ । तर, जहाँ बसेर कर्म गरिरहे पनि हाम्रो मन नेपाली नै छ, जुन सँधै नै भइरहनेछ भन्न रुचाउने ब्याक्ति हु म र उल्लेखित बिषयाहरु संग सम्वधिंत रहेर काम गर्ने बाचाका साथ निम्नलिखित बुदाहरुलाई प्रमुख एजेण्डा बनाएर महिले उम्मेदुवारी घोसर्णा गरेको जानकारी समेत गराउन चाहान्छु ।

१. मध्यपूर्वमा कार्यरत नेपाली मजदुरहरुको हक र हितका लागि सधै काम गर्ने ।

२. मध्यपूर्वमा कार्यरत नेपाली मजदुरहरुको सुरक्षित वैदेशिक र मर्यादित रोजगारको लागि सम्पूर्ण नेपाली दुतावास सँग सहकार्य गर्दै अगाडि जाने योजना बनाउने ।

३. नेपाल सरकारको श्रम सम्झौता नभएकाले नेपालीहरुले धेरै दु:ख झेल्नु परेको बर्तमान अवस्थालाई केलाउदै सबै सँग सहकार्य गरी श्रम सम्झौताको लागि दवाव दिने ।

४. नेपालीहरुको दु:ख शु:ख र राष्ट्रको हितमा एनआरएनएले गरेको अभियानलाई टेवा पुर्‍याउने जस्ता एजेण्डाहरुलाइ धेरैमा धेरै जोड दिने ।

५. मध्यपूर्वमा रहने नेपालीहरुले देशको अर्थतन्त्रमा ठुलो टेवापुर्याएको र अरु देशको तुलनामा ९०% रेमिटेन्स मध्यपूर्वमा रहने नेपालीहरुले भित्राएको तर खाने पाउने सुबिधा सरकारले नदिएको हुँदा हामी मध्यपूर्वमा रहने नेपालीहरुलाई छुट्टै सुबिधा सरकारको तवरबाट हुनु पर्ने जस्तै: एक वर्ष बाहिर बसोबास गरि फर्किने नपालीहरुलाई कुनै पनि समानको भन्सार नलाग्नु पर्ने जस्ता मुद्दाहरु उठाउने ।

६. पर्यटन व्यवसायलाई मध्यपूर्व मैत्री बनाइ मध्यपुर्बका पर्यटकहरुलाई नेपाल भित्रायाऊनका लागी नेपाली राजदुताबासहरु सग सहकार्य गर्दै पहल गर्ने ।

७. बैदेसिक रोजगारलाइ ब्यवास्तिथ, मर्यादित बनाउन गैर आवासिय नेपाली संघले बनाएको नीती कन्याणकारी कोषलाइ अज बलियो बनाइ न्युतम १० करोडबाट बढाएर १५,२० करोड सम्मको अक्षयकोष यथा सिघ्र सुचारु रुपमा ल्याउन जोड दिने ।

८. नेपालमा हुने विभिन्न निर्वाचन प्रक्रियामा गैर आवासिय नेपालीहरुको मताधिकारको व्यवस्था सुनिशचित गर्नको लागि मुद्दा उठाउने ।

९. नेपालमा कृषि क्षेत्रलाई आधुनिकरण कृषि प्रणालीमा रुपान्तरण गर्न पर्यटन,जलबिधुत, जडीबुटी र भौतिक पूर्वाधारको बिकासका लागि सम्पूर्ण मध्यपूर्वमा रहेका दुताबासहरु सग सहकार्य गर्दै नेपालीहरुलाई तालिम दिलाई गैर आवासिय नेपाली तथा बैदेसिक लगानी भित्रायाउने बाताबरणहरु बनाउने ।

१०. मध्यपूर्वबाट फर्केका नेपालीहरुलाई नेपालमा रहेका बैंकहरुबाट सस्तो ब्याजमा चाहिएको खण्डमा बिना धितो सरकार पक्षबाट ऋण दिलाउने जस्ता मुद्दा उठाउने ।

११. हाल घोसित फ्री भिषा फ्री टिकेटलाइ अन्तराष्ट्रिय मापदण्ड र प्रचलन बमोजिम आवश्यक परिमार्जन गर्दै जे घोसर्णा भएको छ सोहि अनुरुप यथा सिघ्र सुचारु रुपमा ल्याउन जोड दिने ।

१२. मध्यपूर्वमा रहेका नेपाली नियोगहरुले मध्यपूर्वमा रहेका कामदारहरुले पाउदै गरेको न्युनतम तलबलाई नघटाई सबै सुबिधा सहित ३५ हजार नेपाली सरकारी तवरबाटै पारित गराउन जोड दिने।

१३. कामदारहरुको बिमा तथा क्षतिपुर्तीमा जुन सरकारले दिदै आएको रासिमा बृद्दी गराएर दोब्बर बनाउनु पर्ने जस्ता मुद्दामा जोड दिने ।

जस्ता एजेन्डाहरुलाई आत्मा बिश्वास गर्दै नेपालीहरुलाई महिले सिंगो एउटा नेपालीको रुपमा हेर्ने छु महिले कुनै जात भात, कुनै लिङ्ग, कुनै धर्म कुनै पार्टी नभनी म श्रीब हामी सबै नेपाली हौ र नेपालिका लागि नेपालि भन्ने नारा बोकेर म मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरु सग काम गर्ने कठिबद्द्दता गर्दछु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.