अल्घानिम सेक्रुटी ग्रुपको कब्जामा शिल्ड, द्द्त्तिय स्याङ्जा समाज (फोटो फिचर)


शिव पौडेल,कुवेत
IMG_0039कुवेतवासी नेपालीबीच भलिबलको क्षेत्रमा पटक पटक कब्जा जमाईसकेको शसक्त टिम अल्घानिमले हिजोको भलिबल प्रतियोगितामा पनि पुन एकचोटी कब्जा जमाएको छ । अल्घानिम सेक्रुटी ग्रुपले हिजो अहमादी स्थित अल सबाब स्पोर्टइङ क्लबमा सञ्चालन गरेको उक्त खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा अल्घानिम “A” टिमले बिजयी प्राप्त गरेको हो ।

बिहान 11:45 बजे देखी शुरु भएको खेल बेलुकी 8:00 बजे मात्रै सकिएको थियो भने प्रतियोगितामा नेपाली ११ टिमले भाग लिएका थिए । खेलमा ससक्त टिम नब प्रतिभलाई पराजित गरेपछी अल्घानिम टिम फाईनल पुगेको थियो । फाईनलमा अर्को शस्क्त टिम स्याङ्जा समाजलाई पराजित गर्दै शिल्ड आफ्नो पोल्टोमा पर्न सफल भएको थियो। पहिले राउन्डमा अल्घानिमले पश्निमान्चल “B” लाई, म्याग्दीले स्वीडिशलाई , नभ-प्रतिभले नेपाल कुवेत यूनिटलाई, अल्घानिम “B” ले मगर संघ कुवेतलाई र स्याङ्जा समाजले पश्निमान्चल “A” लाई जितेको थियो भने दोस्रो राउन्डमा अल्घानिमले म्याग्दीलाई ,स्याङ्जा समाजले न्यू पाल्पा एन्ड बाग्लुङलाई जितेको थियो । सेमीफाईनलमा अल्घानिम “A” ले नब-प्रतिभालाई हराउदै फाइनलमा पुगेको थियो, भरे अर्को स्याङ्जा समाजले अल्घानिम “B” लाई हराउदै फाइनलमा पुगेको हो ।

IMG_0095कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल को प्रमुख आथित्यथा रहेको औपचारिक कार्यक्रम अल्घानिम सेकुरिटी ग्रुपका मेनेजर नेत्र लिम्बु को सभापतित्वमा भएको थियो भने सम्पूर्ण अतिथीहरु र खेलाडी लाई अल्घानिम सेकुरिटी ग्रुप कै हस्ती आश बहादुर लोप्चनले स्वागत मन्तब्य बाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघँ सस्थाहरुका प्रमुखहरु अतिथीको रुपमा आमन्त्रित थिए। कार्यक्रममा राजदुत हमालले शुभकामना मन्तब्य दिदै खेल जगत ले मानब जीवनलाई स्वास्थ राख्न निकै ठुलो मद्दत गर्ने र यो कार्यक्रमले नेपालीहरुको बिचमा आपशी सदभाब कायम राख्न टेवा दिने आशा राखेको बताउदै सफलताको कामना गर्नु भएको थियो ।

IMG_0089हलको चारैतिर दर्शकहरुले भरिएको पल अतिनै रमाईलो भएको थियो । कार्यक्रमको पुरस्कार बितरण समारोहमा अल्घानिम सेक्रुटी ग्रुपका मेनेजर नित्र लिम्बु ,माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका पुर्व अधय्क्ष किरण पौड्याल ,NRNA पुर्व अधय्क्ष धर्मराज गिरी , कार्यक्रम संयोजक जितेन थिङ लगायत सरिक हुनुहुन्थ्यो ।बिजेतालाई नगद १५२ केडी कप मेडल र प्रमाणपत्र पुरस्कार थियो भने उपबिजेता लाई १०१ केडी नगद ,कप र प्रमाणपत्र पुरस्कार रहेको थियो ।

IMG_0232माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका पुर्व अधयक्ष एबम कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आले, क्लबका पुर्व अध्यक्ष किरण पौड्याल र पुर्व उपाध्यक्ष ईन्द्र भुषालले संयुक्त रुपमा सञ्चालन गर्नु भएको कार्यक्रममा बिहानैदेखी अफिसिएल डेस्कमा कुवेतनेपाल डट कमका सम्पादक शिव पौडेल, सम्पादक तथा क्लव सचिव डम्बर रिमाल, क्लब उपाध्यक्ष ईन्द्र पोखरेल, अल -अमाना सेक्रुटीका अपेरसन मेनेजर होमनाथ गिरी र मगर सँघ कुवेतका कोषाध्यक्ष बशन्त थापा लगायतको अहम तथा उल्लेख्य भूमिका रहेको थियो । ईन्द्र पोखरेल र होमनाथ गिरीले लाईभ कमेन्ट्री गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.