बर्मेली नागरिक भन्छन् ‘हाम्रो बिन्ती छ ,हामीलाई बचाइदिनूहोस


अवधेशकुमारझा30082015110849Burma_Biratnagar-600x0भाद्र १३, २०७२- उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ ।  काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् ।
म्यानमारका १७ नागरिक १० दिनदेखि विराटनगरमा अलपत्र परेका छन् । म्यान्मार मङडोबासी जुबेर काडमाडौको घण्टाघरनजिकैको मदरसा (ईस्लामिक पाठशाला) मा पढाउने गर्छन् , त्यही मजदुरी र मिस्त्रीको काम गर्ने सोखित आलम, हाफिज अहमदको परिवार विराटनगरमा अलपत्र परेका हुन् । यी परिवारसँग द्वन्द्वमा अभिभावक गुमाएका नावालक खामिद र नोविद समेत गेस्टहाउसको कोठामा त्रसित अबस्थामा छन् ।
‘न खाने पैसा छ न त कही जाने ठाउँ नै’, अलिअलि हिन्दी बोल्न सक्ने जुबेरले भने, ‘बर्माको दंगाबाट डराएर दुईवर्ष यता नेपालमा छु, यहाँ पनि उस्तै चपेटामा परियो ।’ पछिल्लो दुईवर्ष देखि काडमाडौमा बस्दै आएका यि बर्मेली परिवारहरू महाभूकम्पका कारण काडमाडौबाट दिल्ली पुगेका थिए । काडमाडौको अबस्था सामान्य भएपछि रेल यात्रा गरी जोगवनी हुदै काडमाडौं जानका लागि विराटनगर आएका उनीहरू विगत १० दिन यता अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा जुबेरकी ६५ वर्षीय आमा सकिना खातुनसँगै हाफिजकी ३ महिनाकी दुधे वालिका आयसा र सुत्केरी श्रीमती नुरजहा बेगम समेत छन् । उनीहरू १० दिन यता विराटनगर बसपार्कको धरान गेस्ट हाउसको एउटा कोठामा बसिरहेका छन् ।
सिमावर्ती जोगवनीवाट विराटनगर पुगेपछि काडमाडौ जाने बस चढ्ने योजना बनाएका उनीहरूले १० दिनदेखि गेस्ट हाउसमा बस्नुपरेपछि भएका सबै पैसा सकिएको बताए । जुबेरले भने, ‘हामी सबैजना मिलाएर २५ हजार जति नेपाली पैसा थियो, सबै सकियो, अब त लज भाडा तिर्न र खान पनि समस्या भएको छ ।’
‘यही एउटा कोठाको भाडा तिर्न पैसा छैन् के गर्ने ? जुबेरले भने ‘बालवालिकालाई सुताएर हामी जागै रात काट्छौं ।’
अलपत्र परेकामा ६ जना पुरुष, चार महिला र सात बालवालिका छन् । वालवालिकाहरू ३ महिनादेखि ७ वर्ष उमेर सम्मका छन् । पैसा सकिएपछि होटेलमा खान सक्ने अबस्था नहुदा १७ जनाको यो समुह चारदिन यता बसपार्कमा यातायात ब्यबसायी आबद्ध बिभिन्न संघसंस्थाले सञ्चालन गरेको नि:शुल्क खाना खुवाउने स्थानमा गई भोक मेटाउने गरेका छन् ।
पैसा अभावमा बच्चालाई दुध खुवाउन नसकिएको उनले बताए । यी अलपत्र परेका समूहमा रहेका तीन महिने आयसाको शरीर ज्वरोले तातिएको छ । ‘खाने बस्ने उपाय छैन् कहाँबाट औषधी ल्याउनु’ आयसाका पिता हाफिजले बर्मेली भाषामा बोलेको कुरालाई हिन्दीमा अनुवाद गरी जुवेरले भने ।

१० दिनदेखि गेस्ट हाउसको कोठामा बसेको यो समूहले चार दिनको भाडा मात्रै तिरेको छ । गेस्ट हाउसकी संचालिका माया राई भन्छिन्, ‘बन्दले हाम्रो आफनै विजोग छ, उनीहरूलाई कसरी पाल्नु ?’ आफूले भाडामा कोठा लिएर गेस्ट हाउस संचालन गरिरहेकाले निुशल्क रुपमा १७ जनालाई राख्न नसक्ने राईले बाध्यता सुनाए ।
तत्काल गाडी खुलेपनि आफुहरूसित भाडाको पैसा समेत बाँकी नरहेको उनीहरूले बताए । जुबेरले भने ‘अब त नेपाल सरकारसँग मात्रै आश बाँकी छ ।’
‘हाम्रो बिन्ती छ । हामीलाई बचाइदिनूहोस ।’

Source: Ekantipur.com/np

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.