गुलेली र लठ्ठी प्रयोग गरेको स्वीकार


भाद्र १३, २०७२- डेढ वर्षीय बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुरमा भएको हिंसात्मक घटनाको एक सातापछि थरुहट आन्दोलनका नेताहरूले सामाजिक सद्भावमा आँच आउने कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो माग सरकारसँग हो। त्यसैले कुनै समुदायप्रति हाम्रो रिस वा आक्रोश हुने कुरै भएन,’ घटनापछि पहिलो पल्ट शनिबार पत्रकार भेटघाट गरी नेता लक्ष्मण थारूले भने, ‘टीकापुरमा भएको घटनाप्रति हामी पनि दु:खी छौं।’ पहाडी समुदायसँग वर्षौंदेखि मिलेर बस्दै आएको उनले स्मरण गरे। तर, अखण्डलाई लिएर भइरहेको आन्दोलन नेतृत्वविहीन हुँदा भिडन्तको अवस्था सिर्जना भएको उनको दाबी छ। ‘थरुहट आन्दोलन हाम्रो नेतृत्वमा छ। त्यसैले हिंसात्मक घटना हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘टीकापुरमा जे भयो, त्यो सरकार पक्षबाटै भएको हो। त्यसैले त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्छ।’ पहाडी समुदायका व्यक्तिमाथि आक्रमण गरेर आफूहरूको समस्या समाधान नहुने उनको तर्क छ।
७ प्रदेशको सीमांकनमा पनि थारू समुदायलाई सम्बोधन नगरिएको उनको भनाइ छ। ‘थारू समुदायलाई क्षतविक्षत पारेर सीमांकन गरिएकाले थरुहट आन्दोलन सुरु भएको हो। कञ्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिको एउटा प्रदेशमा हामी अडिग छौं,’ नेता थारूले भने। त्यस दिन आन्दोलनको अगुवाइ गरिरहेका नेता मेघु थारूले प्रदर्शनका क्रममा गुलेली र लाठी बोकर गएको बताए। उनले आन्दोलन शान्तिपूर्ण तरिकाले भइरहँदा सुरक्षाकर्मीले गोली चलाएपछि घटना हिंसात्मक भएको दाबी गरे। ‘लाठी र गुलेलीबाट गोली निस्कने कुरा भएन। जे भयो सुरक्षाकर्मीबाट भयो,’ उनले भने, ‘हाम्रो आन्दोलनमा कसैको घुसपैठ पनि भएको छैन। दमन भएपछि आक्रोशित भीडले प्रतिकार गर्दा त्यस्तो घटना भएको हो।’
भदौ १९ गते टीकापुरमा थरुहट स्वयता प्रदेश घोषणा कार्यक्रम रहेको सुनाउँदै सोमबारको घटनामा कुनै घुसपैठ नभएको र थारू आन्दोलन कमान्डभन्दा बाहिर नगएको दाबी पनि गरे। उनले १८ महिने बालक टेकेन्द्र साउदको मृत्युप्रति दु:ख जनाउँदै आफ्ना पक्षबाट गोली प्रहार नभएको बताए। लोकतन्त्रमा पनि शान्तिपूर्ण आन्दोलन गर्न नपाइने भएपछि निषेधित क्षेत्रको घेरा तोडेर भए पनि आफूहरूले प्रदर्शन गर्ने कार्यक्रम गरेको थरुहट अगुवाहरूले बताए।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.