माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा जितेन थिङ


ईन्द्र भुसाल, कुवेत

elected team mescकुवेतको नेपाली समाजमा १६ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको छैटौ ऐतिहासिक अधिवेशन हिजो २८ अगष्त २०१५ का दिन सम्पन्न भएको छ ।

कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा आयोजना गरिएको अधिबेशनले निवर्तमान सचिव जितेन थिङको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । क्लबका अध्यक्ष जय आलेको सभापतित्व र उपाध्यक्ष ईन्द्र भुसालको सञ्चालन रहेको कार्यक्रममा कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यता रहेको थियो भने बरिष्ट सदस्य किरण पौड्यालले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो ।

IMG_0050क्लबका संस्थापक एवं बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, सल्लाहाकार गिता तामाङ, संरक्षक तथा एनसिसी अध्यक्ष धर्मराज गिरी, आईसिसी कोर्डिनेटर सुजन केसी, सल्लाहाकार तथा तमु समाज अध्यक्ष खोप गुरुङ, पुर्व अध्यक्ष किरण पौड्याल, बरिष्ट पत्रकार तोयानाथ दाहाल बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो ।

महामहिम राजदुतले मैनी बत्ती प्रज्वलन गरेर उदघाटन गरेको छैटौ अधिवेशनमा निर्बिरोध निर्वाचित कार्यसमितीको घोषणा गर्दै क्लबको कार्यक्रम देखी खुशी भएर क्लब प्रबेश गर्ने पत्रकार राज मल्ल ठकुरी, खेलाडी केशब राई, कुमार श्रेष्ठ, हर्क श्रेष्ठ र केदार आले मगरलाई खाता ओढाएर क्लबमा स्वागत गरिएको थियो भने लामो समय कुवेतमा बसेर दुई कार्यकाल क्लबमा रहनु भएका किशोर शर्मा र सह-सचिब सविन राउतलाई बिदाई गरिएको थियो । नयाँ निर्वाचित कार्यसमितीले हिजोनै आफ्नो पद तथा गोपनियताको सफल ग्रहण पनि गरेको छ ।

IMG_0074आफ्नो अध्यक्षता रहदा क्लबले गरेका बिभिन्न कार्यक्रमको फेहरिस्ता प्रस्तुत गर्दै क्लब अध्यक्ष जय आलेले आफ्नो कार्यकाल र क्लबलाई सफल पार्न सहयोग गर्ने ब्यक्ती बिशेष र सम्पूर्ण नेपाली संघ-संस्थाहरुलाई बिशेष धन्यवाद दिदै क्लबको नेत्रित्वबाट बिदा भएपनी क्लबमै सदस्य भएर नेपाली समाज र खेलकुदको बिकासमा सेवा गर्ने बाचा गर्नु भएको थियो ।

1नव-निर्वाचित कार्यसमितीलाई शुभकामना दिदै प्रमुख अतिथी राजदुत यज्ञ बहादुर हमालले क्लबको ईतिहासदेखी बर्तमानसम्म क्लबले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु पर्दछ भन्दै क्लबले गरेका राम्रा कार्यलाई नेपाली दुताबासले सदैब सहयोग गर्ने जानकारी दिनु भएको थियो । कार्यक्रममा बरिष्ट सल्लाहाकर राजेन्द्र तामाङ, सल्लाहाकार खोप गुरुङ, एनसिसी अध्यक्ष धर्मराज गिरी, आईसिसी कोर्डिनेटर सुजन केसी, पत्रकार तोयानाथ दाहाल, पत्रकार तथा किरात राई यायोख्खाकी उपाध्यक्ष नैनकला राई, साहित्यकार अमित राई, मगर सँघका उपाध्यक्ष मनु मगर लगायतले नयाँ कार्यसमिती लाई शुभकामना दिदै क्लबले गरेका कार्यबाट अरुले पाठ सिक्नुपर्ने बताउनु भएको थियो ।

2निर्वाचित अध्यक्ष जितेन थिङले कार्यक्रमलाई सम्बोधन गर्दै क्लवले गर्ने हरेक गतिविधिहरुमा आफुले र नयाँ कार्यसमितिले पनि पुर्व अध्यक्षहरुले जस्तै नेपाली समाजबाट सहयोग र सल्लाह, सुझाव पाउने बिचार व्यक्त गर्दै क्लवको गरिमालाई सदैव उच्च राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताउनु थियो ।

राष्ट्रलाई सम्झदै राष्ट्रिय गान बजाएर मुर्तरुप दिईएको कार्यक्रममा क्लवले चिया, कपी, जुसको साथमा ओपन बुफे दिवा भोजको ब्यबस्था समेत गरेको थियो । क्लवको छैठौं अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ ।

सल्लाहाकार समिति:
१) बरिष्ट सल्लाहाकार – श्री राजेन्द्र तामाङ – काठमाण्डौ
२) बरिष्ट सल्लाहाकार – श्री मित्र सिंज्याली – काठमाण्डौ
३) संरक्षक – श्री बाल कुमार गुरुङ – धरान
४) संरक्षक – श्री धर्मराज गिरी – झापा
५) सल्लाहाकार – श्रीमती गीता तामाङ – काठमाण्डौ
६) सल्लाहाकार – श्री खोप गुरुङ – बुटवल
७) सल्लाहाकार – श्री राजन कुँवर – काठमाण्डौ

कार्यकारिणी समिति:
१) अध्यक्ष – जितेन थिङ – पोखरा
२) उपाध्यक्ष – ईन्द्र पोखरेल – चितवन
३) सचिव – डम्बर रिमाल – बारा
४) सह-सचिव – सुरेश गुरुङ – संखुवासभा
५) कोषाध्यक्ष – चन्द्र तामाङ – खोटाङ (पोखरा)
६) जगेर्णा कोष संयोजक – शिवराम पौडेल – तनहुँ (पोखरा)
७) खेलकुद संयोजक – ऋषी थापा मगर – चितवन
८) खेलकुद उप-संयोजक – आनन्द श्रेष्ठ – काठमाण्डौ
९) महिला बिभाग संयोजक – सरिता पौड्याल – काठमाण्डौ
१०) बरिष्ट सदस्य – किरण पौड्याल – काठमाण्डौ
११) बरिष्ट सदस्य – जय आले – पर्वत (पोखरा)
१२) बरिष्ट सदस्य – ईन्द्र भुसाल – पर्वत (पोखरा)
१३) बरिष्ट सदस्य – जगत मगर – धनकुटा (धरान)
१४) बरिष्ट सदस्य – राम बस्नेत – मोरङ
१५) सदस्य – शिव श्रेष्ठ – धादिङ
१६) सदस्य – मोहन राई – खोटाङ
१७) सदस्य – राज मल्ल ठकुरी- दाङ
१८) सदस्य – केदार आले मगर – खोटाङ
१९) सदस्य – हर्क श्रेष्ठ – तनहुँ
२०) सदस्य – कुमार श्रेष्ठ -सुनसरी
२१) सदस्य – केशव राई – उदयपुर

————–
१६ बर्षको गरिमामय इतिहास बोकेको क्लवलाई स्थापना देखी हालसम्म निम्न व्यक्तित्वहरुले मुख्य नेत्रित्व(अध्यक्षता) दिईसक्नु भएको छ ।

संस्थापक अध्यक्ष – श्री अनिल कुमार राई – सन् १९९९ डिसेम्बर देखी २००३ जून सम्म
दोश्रो अध्यक्ष – श्री बाल कुमार गुरुङ – सन् २००३ जून देखी २००९ जून सम्म
तेश्रो अध्यक्ष – श्री किरण पौड्याल – सन् २००९ जून देखी २०११ जून सम्म
चौंथो अध्यक्ष – श्री धर्म राज गिरी – सन् २०११ जून देखी २०१३ जून सम्म
पाँचौं अध्यक्ष – श्री जय आले मगर – सन् २०१३ जून देखी २०१५ अगष्त सम्म

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.