हृदयघातको कारण अकस्मात मृत्यू भएका स्वर्गिय दुर्गा ढुंगेलको बाल बच्चा-परिवारलाइ किन अार्थिक सहयोग गर्ने ?


Untitled-1 copy

 यसै विषयमा सानो कुरा म यहाँ भन्न चाहन्छु । जसले ६० के.डिं महिनाको वेतन नेपाली १८ हजार लिएर पनि अाफु जिउदो छदा कुवेतमा कैयन दुःखि पिडित नेपालीहरूलाइ प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने गरेका थिए । न्युन तलबमा १२ घण्टा काम गरेर पनि नेपाली समाजमा सकृय योगदान दिने ब्याक्ति हुन उनि। दिन रात नभनि कुवेत वासि नेपालाी हरूलाइ सहयोग गरिरहने स्वच्छ मनका धनि ब्याक्ति हुन उनि । नेपाली समाजको लागी जहाँ जसरी भए पनि दिन रात लागी परि रहने ब्याक्ति हुन उनी ।
प्रसंग बदलउ, कुवेतमा कार्यरन नेपाली हरू जसले महिनाको २००० के.डि. दुइहजार केडि नेपाली साडे ६ लाख रूपैया खाने ब्याक्तिहरू पनि यहि कुवेतमा कार्यरत छन। तर तिनिहरू कुवेतको समाजमा देखा पर्न चाहदैनन। किन भने तिनिहरूलाइ थाहा छ कि कुवेत समाजमा बाहिर निक्लेर समाजमा कुम जोडेर हिड्नु भनेको पैसा खर्च हुनु हो । किन भने यहाँ निम्न अाय स्तर भएका ब्याक्तिहरू काम गर्छन । दुःखद घटना बाट धेरैले गुज्रनु पर्छ, कुनै दिन तेस्तो हुँदैन जुनदिन दुःखद घटना नसुनेको दिन होस् । जो ब्याक्ति समाजबाट टाढा रहि बस्नेहरू प्राय उनिहरूको सोचाइ पैसा कमाउनु र मोज मस्ति गर्नु र अरूको बाल मतलब भन्ने हरूको कुवेतमा कमि छैन । तेस्तै स्वार्थि स्वभाभका ब्याक्ति हरू यहाँ कुवेतमा धेरै छन। जब सम्म दुःख पर्दैन तब सम्म समाज देखि अलग रहेर मोज मस्ति गर्दै हिड्नेको यहाँ कमि छैन । रन्डि ,बाजी , जुवातास, जाँड रक्सि खाएर पैसाको सत्यनास गर्दै हिड्ने नेपालीहरू यहाँ धेरै छन। तिनिहरू जब दुःख पर्छ अनि समाजमा मुख देखाउछन् र समाजबाट ठुलो सहयोगको अपेक्षा गर्छन ।
स्वर्गिय दुर्गा ढुंगेल अाफु दुःखि रहेर पनि अाफ्नो जेन तेन गुजारा चलाउदै कुवेत बासी नेपाली हरूलाइ दुःख पर्दा सकदो सहयोग गर्ने ब्याक्ति हुक दुर्गा । दूःखी को घाउमा कसरी मल्हम लगाउन सकिन्छ भनि दिन रात सोच्दै काम गर्ने ब्याक्ति हुन दुर्गा । घरमा दुइ छोरीलाइ अाफ्नो बुढि अामाको काखमा छाडेर बुढा – बुढी कुवेतमा न्युन बेतनमा काम गर्न बाध्य भएका ब्याक्ति हुन दुर्गा । कुवेतमा श्रीमान श्रीमति संगै बस्न पाउदा पनि घरको पारिवारीक अार्थिक अवस्था दयनिय कमजोर भएको कारणले गर्दा पैसाको अभाव खड्केको कारण रूमको भाडा तिर्न असमर्थ भइ श्रीमान श्रीमति भिन्दा भिन्दै कम्पनिले प्रदान गरेको छ्रट्टा छुट्टै रूममा रात गुजार्न बाध्य भएको ब्याक्ति हुन दुर्गा । यस्तो अाफ्नो दर्दनाक स्थितिलाइ पनि चुनउती दिदै हासखेल गर्दै कुवेतको समाज सेवामा दिनराता लागी पर्ने ब्याक्ति हुन दुर्गा ।। खाइ न पाइ दुःखि ब्याक्तिको सेवा गर्न तम्तयार ब्याक्ति हुन दुर्गा ।
उनि अाफै सक्किएर कत्तिको दुःखमा मल्हम लगाए तेसको लेखा जोखा हामिले गर्न सक्दैनउ। तेसैले यस्ता कर्मठ ब्यक्तिको असामहिक निघले अाज हामी नेपाली समाज कुवेतलाइ मर्माहत पारेको छ।
कर्ममा विस्वास राख्ने उनि सदा काम र समाजसेवामा लाग्दा कहि कतै बाट उनले लाञ्छना खेप्न परेन ।
उनको जिवन कर्तव्य पालनको क्रममा अचानक हृदयघात भइ ज्यान गुमाउनु पर्दाको पिडा ति नावालक बालबच्चा हरूले भोग्नु परि रहेको छ। अाज उनलाइ हाम्रो सानो सहयोगको अावस्यकता छ । यो हाम्रो सानो सहयोग नै उहाँको परिवार बाल बच्चालाइ धैरै राहत हुनेछ । तेसैले अाउ हामि उहाँको अात्माले चिर शान्ति पाअोस भन्दै उहाँको बालबच्चाको भविष्यको लागी सक्दो अार्थिक सहयोग गरउ।। धन्यवाद!
लेखक , डम्बर रिमाल ,
(माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमान्डु कुवेत – सचिव
पत्रकार महासंघकुवेत- सदस्य
http://www.kuwaitnepal.com – सम्पादक )
Email- dambar400@gmail.com
Mobile 66809642
Office Landline 25458562

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.