Daily Archives: 27/08/2015
चित्रयु–१९ साफ फुटबल अफगानिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
काठमाडौं, भदौ १० । साफ अन्डर नाइन्टिन फुटबल च्याम्पियनसीपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ३—२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।
इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।
प्ले अफको दोस्रो लेगमा क्लब ब्रुगलाई ४-० को जित निकोलेको युनाइटेडले समग्रमा ७-१ को जितका साथ च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
मैले हारें, दया गर्नुस् भन्दाभन्दै भाला रोपे’
मानबहादुर बुढामगर
धनगढी: म थाकिसकें, मलाई छोडिदिनुस्, अलिकता दया गर्नुस्, मेरो फौज तितरबितर भइसक्यो। मैले हारें, तपाईंहरूले जित्नुभयो भन्दा पनि कसैलाई दया पलाएन। घरभित्र पसिसक्नुभएका सर (एसएसपी लक्ष्मण न्यौपाने) को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो । सर त ड्याम्म ढल्नुभयो, उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागें। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
असन्तुष्ट पक्षका आवाज संविधानसभामा समावेश गर्न नेताहरु प्रतिबद्ध
काठमाडौं, भदौ १० । संविधानको विधेयकमाथि संविधानसभामा सुरु भएको सैद्धान्तिक छलफल बिहीबार पनि जारी छ ।सैद्धान्तिक छलफलमा सहभागी हुँदै सभासदहरुले संविधानको विधेयकमा देखिएको असन्तुष्टिलाई छलफलबाटै समाधान गर्न सुझाव दिएका छन् । बैठकमा संवाद समितिका सभापतिसमेत रहेका एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले असन्तुष्ट पक्षका आवाज संविधानमा समावेश गर्न सकिने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
टीकापुर घटनामा घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा निधन
१० भदौ, काठमाडौं । कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा घाइते भएका एक प्रहरी हवल्दार उपचारका क्रममा मृत्यु भएको छ । नेपाल प्रहरीको अस्पतालमा उपचाररत प्रहरी हवल्दार जनक नेगीको बिहान दुई बजे निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, नेपाल समाचार