Daily Archives: 19/08/2015

उपेन्द्र यादव भन्छन्- वार्ताको हल्ला चलाइयो, सहमति कार्यान्वयन होस्


गिरिजा र रामचन्द्र के दिएका थिए मधेसी-जननजातिलाई ?
Upendra-yadav-1२ भदौ, काठमाडौं । अनिश्चिकालीन तराई-मधेस- थरुहट बन्दको घोषणा गरेका चार दलीय मधेसवादी मोर्चाका नेता उपेन्द्र यादवले सरकारद्वारा वार्ताको हल्ला चलाइएको बताएका छन् । सरकारले वार्ताको हल्ला चलाए पनि आन्दोलनरत दलहरुलाई कुनै पत्राचार वा मौखिक आग्रह नगरेको यादवले अनलाइनखबरलाई बताए । उनले भने- ‘वार्ताको हल्ला चलाइएको छ, तर हामीलाई औपचारिक केही पनि आएको छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

कलम थापा गृहमन्त्री हुँदा म कुटिए, अहिले म गृहमन्त्री हुँदा प्रहरीले उहाँलाई कुटेः


Bamdev_20150805052753काठमाडौँः गृहमन्त्री वामदेव गौतमले अर्काको अधिकार हनन नहुने गरी आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्ने बताएका छन् । हालै भएका आन्दोलनमा प्रहरीले संयमता अपनाएको तर आन्दोलनका नाममा कतिपय स्थानमा अरुको ज्यान जाने स्थिती आएपछि गोली चलाउनुपरेको उनले बताएका छन् ।मंगलबार संसद्को राज्य व्यवस्था समितिमा बोल्दै गौतमले सङ्घीय प्रदेशको सीमाङ्कनको खाकाका विषयमा असहमति राखी मुलुकका विभिन्न जिल्लामा बन्द, हडताल र विरोधका कार्यक्रम भए पनि शान्ति सुरक्षालाई मजबुत बनाई धनजनको सुरक्षा गर्न सरकार प्रयत्नशील रहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्