एनाअरएनए कुवेतको अध्यक्षमा १० बुंदे योजनासहित अर्जुन बस्नेतको उम्मेद्वारी


जय आले, कुवेत

303953_298432633507586_1629137450_n१७ अगष्त २०१५ । एनआरएनए कुबेतको अध्यक्ष पदका लागि उम्मेद्वारी आउने क्रम तिव्र रुपमा बढेको छ । नेपाली समाजका ५ जना अगुवाहरुले उमेद्वारी घोषणा गरिसकेको अवस्थामा एनसिसी कुवेतका संस्थापक सदस्य एवं पत्रकार अर्जुन बस्नेतले समेत आफु अध्यक्षको प्रत्यासी रहेको भन्दै १० बुंदे कार्ययोजना सहित उम्मेद्वारी घोषणा गरेका छन ।

एनआरएनए कुवेतको चौंथो कार्यकालको लागि आगामी ०४ सेप्टेम्बर २०१५ का दिन अधिवेशन हुन गैरहेको छ । अध्यक्षका लागि छैटौं उम्मेद्वार अर्जुन बस्नेतले मिडियालाई उपलब्ध गराएको आफ्नो १० बुंदे भावी कार्ययोजना र नेपाली समाजलाई गरेको अनुरोध जस्ताको तस्तै:

आदरणीय कुबेतमा रहनु हुने सम्पुर्ण नेपाली समाजमा स्थापित संघ-संस्था, उध्यमी ब्यवसायी, समाजसेवी भद्रभलादमी, कलाकार, खेलाडी, सर्वसाधारण तथा पात्रकार मित्रहरु,

मैले नेपाली समाज कुबेतमा रहेर समाजको निम्ति कहिले कलाकार, कहिले पात्रकार, कहिले खेलाडी र कहिले समाजसेवी भएर समाजलाई बिगत १२ बर्षदेखि योगदान पुर्याइ रहेको कुरा तपाइहरु समक्ष दर्साइ रहनु नपर्ला । किनकी हरेक परोपकारी र मानविय सहयोगमा कुबेतको नेपाली समाजमा मैले अग्रपंतिको भुमिका निर्वाह गरेको छु ।

यसमा तपाइहरु सम्पुर्णको साथले नै म अर्जुन बस्नेतबाट अर्जुन बस्नेत उदासी भएको हुँँ । मैले कुबेतको सामाजीक १२ बर्षे सेवामा पद, नाम, दाम, नाफा र घाटा यि ५ चिजहरुलाइ तुच्छ मान्दै आएको थिए । बिडम्वना आज मलाइ पदमा बसेर काम गर्ने इच्छा भएको छ ’cause पद भनेको अधिकारको पोको रहेछ । त्यो पोको  पद, नाम, दाम, नाफा र घाटामा तौलने ब्यक्तिहरुलाइ दिने की काम गर्ने ब्यक्तिलाइ दिने ? यदि काम गर्ने ब्यक्तिलाइ यो अधिकारको पोको सम्पनु भएमा कुबेतमा रहनुहुने माथि सम्बोधित र उल्लेखित समाज माझ म अर्जुन बहादुर बस्नेत प्रतिवद्ता दर्शाउदछु कि तपाइहरुले दिएको एक अधिकारले प्रस्तुत तपाइहरुका १० अधिकार दिलाउन सम्वन्धित निकायसग वाकसंघर्ष गर्ने छु भन्दै १० बुदे कार्य योजनाका साथ  अगामी एनआरएनए कुबेतबाट म  अध्यक्ष पदमा उमेरद्दवारी दिएको घोषणा गर्दछु ।

१) कुबेतमा कार्यरत ७० हज्जार नेपालीको निम्ति मात्र हैन मिडिलष्टमा रहेका ३०लाख नेपाली श्रमिकहरुको आवाज नेपाल सरकार समक्ष पुर्याउन अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

२) नेपाली महिला श्रमिकहरुलाइ संगठित क्षेत्रमा रोजगारीको पहल गराउन नेपाल सरकारलाइ दवाव दिदै उनिहरुलाइ घरायसी नोकरानी हुन बाट मुक्त गराउन अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

३) नेपालमा भइपरी आउने दैविक प्रकोप लगायत मानविय सहयोगको आडमा असंगठित रकम (चन्दा) संकलन हुने तर सम्वन्धित निकाएमा वा पिढितमा एक मुस्ट नजाने र संकलित रकम कसले कसरी काहा र कति संकलन गर्यो भन्ने लेखाजोखा हुन नसक्नु एन सि सि कुबेतको कम्जोरि रहेको छ ।

४) बिगतको नेत्रित्वले कुबेतमा रहेका संघ संस्थासग समन्यय गरि बिश्वास जित्न नसकेर यस एन सि सि कुबेतको मात्र नभएर पुरै एन आर एन प्रति प्रवासि नेपालीहरुको बिश्वास डगमगाएको अवस्थामा संघ सस्था र कुबेतमा रहेको नेपाली समाजलाइ एकता र बिश्वास हुन को निम्ति परिपक्का आधारहरु बनाउन अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

५) कुबेतमा रहेका कामदारहरुका समस्याहरुको कानुनी प्रक्रिया, श्रम शोषण, मानसिक यातना, यौनउत्पिढन,लगायतका समस्याको निवारणका निमित्त दुतावासमा प्रतक्षरुपमा एन आर एन ए को बिधान बमोजिम कडा दवाब दिदै समस्याहरु सुल्झाउन र पिढितलाइ न्याय दिलाउन पनि अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

६) नेपालबाट दैनिक हज्जारौको संख्यामा रोजगारीको खोजिमा खाडि भित्रने श्रमिकहरुले मेनपावरमा भुक्तानी गर्नु पर्ने भिषा टिकट बापतको लाखौ रकम असुलीको बिरोध गर्दै नेपाल सरकारको सम्वनधित निकाएलाइ फ्रि भिषा फ्रि टिकटको प्राब्धान राख्न पर्ने दवाब दिदै भिषा र टिकटको नाममा ठगि भइरहेको प्रथाको उन्मुलन गर्न पनि अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

७) नेपालमा एन आर एन हरुको लगानी तथा दोहोरो नागरिक्ता एका तर्फको मुद्दा भए जस्तै  हामी ३०लाख खाडी मलेसीया लगायतका देशहरुमा कार्यरत नेपालीहरुको मुल समस्या श्रम सम्वन्धि भएको हुनाले यसका हक हितको निम्ति मुखपत्र भएर कार्य गर्न सम्पुर्ण मिडिलइष्टका एन सि सि पदाधिकारिहरुसग समन्यय गरि श्रमिकका आवाज केन्द्रिय माहाधिवेशनमा उठाउन मिडिलिष्टका प्रतिनिधिहरुलाइ एक जुट गराउदै यहाका समस्याहरुलाइ जोडदार रुपमा प्रस्तुत गर्न  अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

८)  छुट्टिमा जादा र आउदा बिशेष रुपले नेपाल सरकारबाट पुर्याउनु पर्ने प्रकृया जस्तै इन्सुरेन्स तथा श्रम समझौता गर्दा निक्कै झन्झट र सास्ती खेप्न पर्ने गुनासो प्राय सबै प्रावासीहरुको रहेको हुदा यसको निम्ति सहज वातावरण बनाइदिन हुन नेपाल सरकार समक्ष बिन्तिपत्र चढाउदै सकेसम्म सम्वन्धित देशमा रहेका दुतावासबाट नै यि कार्यहरु सम्पादन गर्न गराउन अनुरोध स्वरुप माग राख्न अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

९) बिशेष गरि रोजगारीबाट आवाजावत गर्दा नेपाल बिमानस्थलमा भोग्न पर्ने अनावस्यक झन्झट र हरेक नेपालीले बिदामा जादा एक एक थान इलेक्ट्रोनिक सामान बिना राजस्व भुक्तानि लान पाउनु पर्छ। यसको निम्ति नेपाल सरकार र सम्वन्धित निकाएलाइ ध्यानाक्रष्ण गराउन पनि अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

१०) कुबेतमा रहेका नेपाली समाजभित्र नेपाली नेपाली बिच चिसिएको सम्वन्धको सुधार र सम्पुर्ण युवाहरुको चाहनालाइ सम्बोधन गर्दै हरेक संघ संथासग सहकार्य गरी एन आर एन ए लाइ कुबेतमा नेपालीहरुको साच्चै छाता संगठन बनाउन को निम्ती अगामी एन आर एन ए कुबेतबाट मेरो नेत्रित्व आवस्यक रहेको छ ।

अन्तमा मैले कुबेतमा एनआरएनए को स्थाफनाकालको तदर्थ समिति देखिनै योगदार गरि पहिलो महाधिवेसनमा निर्बिरोध मार्यसमिति सदस्यरही राजेन्द्र तामाङ जि को नेत्रृत्वमा कार्यसम्पादन गरिसकेको हुदा एन आर एन को बिधान बमोजिम यो उमेरद्दवारी घोषणा गर्दछु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.