कुवेतमा एनआरएनको रौनक, अध्यक्षमा अर्जुन तामाङको उम्मेद्वारी घोषणा


जय आले, कुवेत

arjun tamang१६ अगष्त २०१५ । एनआरएनए कुबेतको आगामी ०४ सेप्टेम्बरमा हुन गैरहेको चौथो अधिवेशनले कुवेत पुरै एनाअरएनमय भएको छ । कुवेतमा रहेका केही सामाजिक व्यक्तित्वहरुले अध्यक्ष पदको दाबी गर्दै सामाजिक संजाल र स्थानीय अनलाईन मिडिया मार्फत आफ्नो उमेद्वारी घोषणा पनि गरिसकेका छन ।

यसै क्रममा अध्यक्ष पदको प्रमुख दाबेदार मानिएका वर्तमान प्रथम उपाध्यक्ष अर्जुन तामाङले पनि आफुले अध्यक्ष पदको लागि उम्मेद्वारी दिने घोषणा गरेका छन । एनआरएनए कुवेतमा २ कार्यकाल पुरा गरिसकेका उपाध्यक्ष तामाङ निर्वाचन आचारसंहिता, नियमावली तथा एनआरएनए राष्ट्रिय समन्वय परिषदको बिधान दफा नं. ७.३ अनुसार अध्यक्ष पदका लागि मुख्य दाबेदार मानिएका हुन ।

कुवेतनेपाल डट कमलाई संपर्क गर्दै उपाध्यक्ष तामाङले धुमलिएको कुवेतको नेपाली समाजलाई एउटा स्वच्छ सामाजिक छवी लिएर हरसम्भव सुधार्न प्रयास गर्ने र नेपाली जनहितको लागि जस्तोसुकै लडाईं लड्न पनि पछि नपर्ने बताए । नेपाली समाज कुवेतमा बेलाबेला उत्पन्न हुने असहज परिस्थितिलाई आफुले राम्रोसँग बुझेको र अब सबैलाई मिलाएर लैजाने र एक अर्काको सहयोगी बनेर काम गर्नुपर्ने भएकोले आफुलाई एनआरएनएको प्रमुख नेत्रित्वमा रहेर सो कार्य गर्ने अवसर प्रदान गरिदिन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई तामाङले सार्वजनिक अनुरोध गरेका छन ।

यतिबेला विश्वका बिभिन्न मुलुकहरुमा एनाअरएनएको अधिबेशन चलिरहेको अवस्थामा कुवेतका बर्तमान अध्यक्ष धर्मराज गिरीले एनआरएनए कुवेतको चौंथो अधिवेशनको जिम्मा लिएका छन । निर्वाचन समितिमा अध्यक्ष गिरी संयोजक, शिव कोईराला र अमृत तामाङ् सदस्य छन भने राज कुमार थापा सल्लाहाकार रहेका छन । निर्वाचन समितिले नियमावली सार्वजनिक गर्दै साधारण सदस्यता वितरण गरेको छ भने आउदो अगष्त २२ तारिख उमेद्वारी दर्ता गर्ने अन्तिम मिति तय गरेको छ ।

हालसम्म भाबी नेतृत्व(अध्यक्ष)को लागि ४ जनाले आफ्नो उम्मेद्वारी आधिकारिक घोषणा गरेका छन । जसमा धुर्व कुमार संग्रौला(कुमार झापाली), बिष्णु परियार, मन्जित राई र राजन बम रहेका छन । यस्तै, राजु थापा, राजन कुँवर, सुजन केसी र इन्द्र भुषालको नाम पनि अपुष्ट रुपमा चर्चामा आएको छ ।

One response to “कुवेतमा एनआरएनको रौनक, अध्यक्षमा अर्जुन तामाङको उम्मेद्वारी घोषणा

  1. arjun dai is the best best of luck dada

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.