Daily Archives: 12/08/2015

तीन पूर्वसभासदलाई जेल


घनश्याम खड्का
रातो पासपोर्ट दुरुपयोग प्रकरण
बिचौलिया र पासपोर्ट प्रयोग गर्नेहरूलाई पनि जरिवाना र जेल सजाय
shabhashad_20150812075213काठमाडौ, श्रावण २७ – रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्वसभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय फैसला सुनाएको छ । न्यायाधीशत्रय पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्वसभासदहरू गायत्री साह, बीपी यादव र शिव पुजनलाई जनही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो । अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिइन् भने यादव र पुजन फोरमका सभासद थिए । पढ्नेक्रम जारी राख्नुहोस्