कमल मल्ल – दोहा कतार
ठकुरी सहयोग सञ्जाल कतार “सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान ! शैक्षिक तथा आर्थिक सम्मृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्व व्यापी हाम्रो अभियान !! भन्ने मुल उद्घोषका साथ प्रवासको यो भुमी कतारमा स्थापना भएको एउटा विशुद्ध सामाजीक संस्था हो ! यस ठकुरी सहयोग सञ्जाल कतार आफ्नो एक वर्ष भरी गरिएको कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने क्रममा गतसाल सफलता पुर्वक सम्पन्न दशैं शुभकामना आदानप्रदान तथा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम यस वर्ष पनि नेपालबाट आउने राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरु राम्जी खाँण, राधिका हमाल को बेजोड प्रस्तुति सहित कुवेत बाट पाल्नुहुने अर्का ख्यातिप्राप्त गायक श्री बि.बि. मल्ल अनि दोहा कतारमा कृयाशिल नेपाली कलाकारहरुको साथमा आयोजना गर्ने भनी निर्णय पारित गरिएको छ ! उक्त निर्णय आज बसेको संस्थाको नियमित मासिक बैठक अन्तर्गत दोस्रो कार्यकालको प्रथम बैठक जुन मुन्ताजा पार्कमा अध्यक्ष श्रीराम मल्ल को अध्यक्षतामा बसि सर्वसम्मत पारित भएको थियो र उक्त कार्यक्रम यसै सुचना मार्फत औपचारिक रुपमा २०१५ अक्टोबर १६ तारीख शुक्रबारका दिन सल्वारोडको क्वालिटी हाइपरमार्केटको सभाहलमा सञ्चालन गर्ने घोषणा पनि गरिएको छ !
उक्त कार्यक्रमलाइ सभ्य र भब्य रुपमा सम्पन्न गराउनको निम्ति सबैजना संस्थाका केन्द्रिय सदस्यहरु, सल्लाहकार समितिका अग्रज हरु लगाएत संस्थासँग आवद्ध कतारमा कृयाशिल व्यावसायि, समाजसेवि तथा वुद्दिजिवी,कलाकार तथा खेलाडी लगाएत सम्पुर्ण पत्रकार ज्यु हरुलाइ आ-आफ्नो ठाउबाट सक्दो सहयोग गर्दै उक्त कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नको निम्ति आग्रह तथा पुर्वाग्रह गर्दै मौजुदा समितिका अध्यक्ष श्री श्रीराम मल्ल ज्यु ले आजको बैठक समापन गर्नु भएको थियो