Daily Archives: 06/08/2015

६ प्रदेशमै सहमति बन्दै


राजेन्द्र फुयाल
nepal_20150806074950काठमाडौ, श्रावण २१ – प्रदेश सीमांकनसहित संविधान मस्यौदा परिमार्जनको गृहकार्यमा व्यस्त प्रमुख दलहरू ६ प्रदेशको सहमति नजिक पुगेका छन् ।संवाद समितिअन्तर्गतको प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिको बुधबार राति अबेरसम्म चलेको छलफलमा भएको प्रदेशको सीमा निर्धारणसम्बन्धी सैद्धान्तिक सहमतिले बिहीबार ठोस आकार लिने सम्भावना छ । नेताहरूले बिहीबार बिहान ९ बजे बैठक गरी संविधान मस्यौदा परिमार्जनको सहमति गर्ने र त्यसलाई साँझ ५ बजे बस्ने संवाद समितिको बैठकमा पेस गरिने सम्भावना छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको छैटौं महाधिवेशन आगामी २८ अगष्टमा


MESC-LOGO-JPGअप्डेट न्युज: कुवेत , बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको छैटौं महाधिवेशन यही अगस्त महिनाको २८ तरिक शुक्रबार हुने भएको छ | गत हप्ता बसेको क्लबको मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी २८ अगष्टमा महाधिवेशन गर्ने तय गरेको हो । कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्