Monthly Archives: अगस्ट 2015

NRNA कुवेत द्वारा उम्मेदुवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ


मिती: ३० अगस्ट २०१५
11903937_487236754791271_3305777135472135809_nगैर आवसिय नेपाली संघ राष्ट्रिय समनवय परिषद कुवेतको आउने ४ सेप्टेम्बर २०१५, मा हुन लागेको चौथो महाधिवेशको लागि निर्वाचन समितीलको निर्वाचन कार्यतालिका अनुसार आज मिती ३० अगस्ट २०१५ मा अन्तिम उम्मेदुवारी निम्मन अनुसार प्रकासित गरेको छ भने अध्यक्ष पदमा ३ जनाको उम्मेदुवारी परेको थियो पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय गृहमन्त्री भन्छन्,‘नेपालमा एक करोड भारतीय’


1भाद्र १४, २०७२- भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय नागरिक रहेको भन्दै पछिल्लो राजनीतिक अवस्थामा उनीहरुको चासो सम्बोधन हुने बताएका छन् ।‘मधेसी समस्या नेपालको आन्तरिक मामला भए पनि भारत सरकारले नेपालमा रहेका एक करोड नागरिकको चासो सम्बोधन गर्छ’, लखनउको महाराजगञ्ज भ्रमणको क्रममा गृहमन्त्रीले भने । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतको तेस्रो रक्तदान कार्यक्रम सेप्टेम्बर ११ तारिक बिहान १२ बजेबाट सुरु हुने ।


ईन्द्र भुसाल,कुवेत
10298749_1195680397113686_6339225046234723637_nकुवेतको नेपाली समाजमा कृयाशिल तमुहरुको सस्था तमु समाज कुवेतले तेस्रो पटक आयोजना गर्ने रक्तदान कार्यक्रम यही सेप्टेम्बर ११ तारिक मध्यान्न १२ बजेबाट सेन्ट्रल ब्लड बैन्क जाब्रियामा सुरु हुने छ । पढ्नेक्रम जारी राख्नुहोस्

दुर्घा ढुङेलको परिवारलाई आर्थिक सहयोग जुटाउने अभियान ,११ सेप्टेम्बरमा श्रदाञ्जली कार्यक्रम गरिदै ।


ईन्द्र भुसाल,कुवेत
Durgaगत हप्ता मात्र ६ घण्टाको फरकमा दुईजना नेपालीहरुको कुवेतमा हिर्दयघात बाट मृत्‍यु भयो अनी दुबै जना झापा निवाशी थिए। दिनभरी एन आर एन ए कुवेतको उमेदबारी दर्तामा ब्यस्त भएका झापाली समाज कुवेतका सचिब दुर्गा दुङेलको हिर्दयघातको कारण मृत्‍यु भएको खबर फैलिएको केही समय पछी अर्का खबर आयो झापा कै कुमार पौडेलको मृत्‍यु पनि हिर्दयघात बाट भयो । दैनिक जसो बैदेसिक रोजगारीमा गएका नेपालीहरुको लाश काठमाडौं बिमान्स्थलमा पुगेको देख्नेलाई यो मृत्‍यु सामान्य लाएपनी कुवेतबाशी नेपालीहरुलाई सामान्य लागेन । पढ्नेक्रम जारी राख्नुहोस्

बर्मेली नागरिक भन्छन् ‘हाम्रो बिन्ती छ ,हामीलाई बचाइदिनूहोस


अवधेशकुमारझा30082015110849Burma_Biratnagar-600x0भाद्र १३, २०७२- उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ ।  काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् ।
म्यानमारका १७ नागरिक १० दिनदेखि विराटनगरमा अलपत्र परेका छन् । म्यान्मार मङडोबासी जुबेर काडमाडौको घण्टाघरनजिकैको मदरसा (ईस्लामिक पाठशाला) मा पढाउने गर्छन् , त्यही मजदुरी र मिस्त्रीको काम गर्ने सोखित आलम, हाफिज अहमदको परिवार विराटनगरमा अलपत्र परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

गुलेली र लठ्ठी प्रयोग गरेको स्वीकार


भाद्र १३, २०७२- डेढ वर्षीय बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुरमा भएको हिंसात्मक घटनाको एक सातापछि थरुहट आन्दोलनका नेताहरूले सामाजिक सद्भावमा आँच आउने कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो माग सरकारसँग हो। त्यसैले कुनै समुदायप्रति हाम्रो रिस वा आक्रोश हुने कुरै भएन,’ घटनापछि पहिलो पल्ट शनिबार पत्रकार भेटघाट गरी नेता लक्ष्मण थारूले भने, ‘टीकापुरमा भएको घटनाप्रति हामी पनि दु:खी छौं।’ पहाडी समुदायसँग वर्षौंदेखि मिलेर बस्दै आएको उनले स्मरण गरे। तर, अखण्डलाई लिएर भइरहेको आन्दोलन नेतृत्वविहीन हुँदा भिडन्तको अवस्था सिर्जना भएको उनको दाबी छ। पढ्नेक्रम जारी राख्नुहोस्

मृतअात्माको चिरशान्तिको कामना गर्दै नेपाली समाज कुवेतले स्वर्गिय दुर्गा ढुंगेलको २०१५ सेप्टेम्बर-११ मा शोकसभाको आयोजना गर्दै


      10891726_483951951743719_5871187573022709125_nकुवेतश्थित नेपाली समाजबीच राम्रो छाप छाड्न सफल स्वर्गीय दुर्गा ढुंगेल । झापा जिल्ला गौरादह गा.बि.स. वाड न.- ३ निवासी हुन । कुवेतमा गत ४ बर्ष देखि तान्जिफको कम्पनिमा कार्यरत रहि कुवेत स्थित विभिन्न समाजीक संघ संस्थाहरूमा अावद्द भइ । हरेक नेपालीहरूको दुःखमा काँधमा काँध मिलाइ हिड्ने ब्याक्ती स्वर्गीय दुर्गा ढुंगेल, झापाली समाज कुवेत र कोसेली ग्रुप का सचिब , मेची महाकाली एकता समुहका अध्यक्ष र प्रवाशी मंचका सक्रिय सदस्य  साथै पत्रकार महासंघ कुवेतका सदस्य थिए ।  स्व.दुर्गा प्रसाद ढुंगेलको  २२/८/२०१५ शनिबार राती अकस्मात हृदयघातको शिकार भइ, असामयिक निधन भएको हुदा । मृतअात्माको चिर शान्तिको कामना गर्दै  यहि आउदो सेप्टेम्बर ११ तारिका दिन झापाली समाज कुवेत, कोसेली ग्रुप , मेची काली एकता समुह र प्रवाशी मंच द्रारा संयुक्तरुपमा शोकसभा तथा हार्दिक श्रद्धाञ्जलीको कार्यक्रम राखिएको हुदा। पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतले साधारण सद्स्यहरुको नामवाली सार्वजनिक गरेको छ


गैर आवसिय नेपाली संघ राष्ट्रिय समनवय परिषद कुवेतको आउने ४ सेप्टेम्बर २०१५, मा हुन लागेको चौथो महाधिवेशको लागि साधारण सद्स्यहरुको नामवाली निम्न दिए अनुसार रहेको छ भने यदी कसैको नाम थर फरक पर्न आएमा निर्वाचन समितीलाई तुरुन्त जानकारी गराइ पूर्ण सच्याउन सकिने जानकारी गराउन चाहन्छौ।

(NRNA कुवेतको साधारण सद्स्यहरुको नामवाली यस प्रकार छ कृपाय यो तलको लिन्क क्लिक गर्नु होला)