अपडेट :: पहिरोमा परी कास्कीमा १७ जनाको मृत्यु


लालप्रसाद शर्मा, प्रकाश बराल, घनश्याम खड्का
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
पोखरा, श्रावण १४ – अपडेट ::
बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो । पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ ।

स्थानीय बुद्धिविकास माध्यामिक विद्यालय मुदीका प्रध्यानअध्यापक जगबहादुर किसानले टेलिफोनमा दिएको जानकारीअनुसार पहिरोमा पुरिएर कम्तीमा एक सय बाख्रा र ५० बढी भैसी र गाई पनि मरेका छन ।

नजिकको प्रहरी कार्यालयबाट घट्नास्थल पुग्न कम्तीमा ६ घन्टा लाग्ने र क्षतिको पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ । त्यसैगरी बर्षापछि ओखरबोट गाविस–१ फुलबारीमा आएको बाढीले फुलवारी र रुम जोड्ने झोलुङ्गे बगाएको छ ।

‘पहिरोबाट पश्चिम म्याग्दीको उपल्लो भेगका बस्तीमा पहिरोले मानवीय क्षति पुर्‍याएको स्थानीयले खवर गरेका छन । दुर्गम र टाढा भएकोले प्रहरी घटनास्थल पुग्दै छन’, प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए ।

‍‍‍‍………………………

………………………

पहिरोमा पुरिएर वृद्ध बेपत्ता

बागलुङ– बुधवार रातभर परेको वर्षाले खसेको पहिरोमा परेर यहाँका एक वृद्ध वेपत्ता भएका छन् ।

रायडाँडा ९ मा खसेको पहिरोले ९० वर्षका कलाधर थापाको घर पुरेको हो । घरमा सुतेका थापा बेपत्ता छन् । राती घरमा वृद्ध एक्लै थिए ।

स्थानीयले खोजी गरिरहेपनि अहिले सम्म भेट्न नसकेको बताए । राती २ बजे पहिरो खसेको र स्थानीयले जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक ज्ञान बहादुर तामाङको नेतृत्वमा २० जना प्रहरी घटनास्थलमा पठाएको प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले बताए । घटनास्थल सदरमुकाम देखि ५ घण्टा टाढा पैदल दुरीमा पर्छ । राती ठूलो पानी परेकोले अन्य स्थानमा पनि बाढी पहिरोको खतरा भएका स्थानमा उच्च सर्तकता अपनाइएको बस्नेतले बताए ।

‍‍‍‍………………………

………………………

बुधबार रातl गएको पहिरोले कास्कीका विभिन्न स्थानमा कम्तीमा १७ को मृत्यु भएको छ । पहिरोले लुम्लेमा मात्रै १३ जनाको मृत्यु भएको छ । लुम्लेका १६ जना वेपत्ता छन् । यसैगरी चापाकोटमा पनि ४ जनाको शव भेटिएको छ । लुम्ले ४ र ६ वडामा राति १ बजे गएको पहिरोले १५ बढी घर पुरिएकाले मानवीय क्षति बढ्ने सुरक्षा अधिकारीहरुले बताएका छन ।

चापाकोट र भदौरेतामागीमा पनि दर्जन बढी घर पुरिएको चापाकोट गाविसका पुर्व अध्यक्ष भेषराज पराजुलीले बताएका छन् । हर्पन र हाँडी खोलामा आएको बाढीले चापाकोट र भदौरे जोड्ने दुइ झोलुंगे पुल पनि बगाएको छ । प्रहरीले उद्धधार कार्य सुरु भएको र क्षतिको यकिन विवरण आईनसकेको जनाएको छ ।

विभिन्न ठाउँमा खसेको पहिरोको कारण पोखरा बाग्लुङ राजमार्ग पनि अबिले अवरुद्ध ।

‍‍‍‍………………………

………………………

राजमार्गका दर्जन बढी ठाउँमा पहिरो

पोखरा–बाग्लुङ राजमार्ग अवरुद्ध

अगन्धर तिवारी

पर्वत-बुधबार रातिको भीषण वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा बिहीबार बिहानैदेखि पोखरा–बाग्लुङ राजमार्ग अवरुद्ध भएको छ । सडकका दर्जन बढी ठाउँमा पहिरो गएपछि पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङका सबै सवारी रोकिएका छन् ।

बुधबार साँझदेखि यातायात अवरुद्ध हुँदा सयौं यात्रीहरु बाटैमा अलपत्र परेका छन् । पहिरोले पर्वतको डिमुवा देखि कास्कीको नयाँपुल खण्डमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने मौरीभीर, बेतेनी र आधेरीखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यता सहस्रधारा, अर्मादी र तिलाहारको भ्याप्लेखोलामा समेत पहिरोले सडक पुरेको पर्वतका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । मौरीभीरको पहिरोले २० मिटर पक्की सडक भत्किएको उनले बताए । उता मालढुङगा–बेनी सडक खण्डअन्तर्गत पर्ने पाङको पहिरोले मालढुङगा–बेनी सडक पुरेको छ ।

जलविद्युत उत्पादन बन्द

वर्षासंगैको बाढीका कारण पर्वतको पातिचौरमा रहेको १४ मेघावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । बाढी पसेर आयोजनाको टर्वाइन सञ्चालन हुन नसकेपछि मोदीखोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गर्न नसकेको केन्द्रका कर्मचारी जीवन्धर शर्माले जानकारी दिए ।

गएराती देखी विद्युत उत्पादन बन्द भएको शर्माले जनाएका छन् । विद्युत उत्पादन बन्द भएसँगै बिहीबार बिहानैदेखि पर्वतलगायत धौलागिरिका जिल्लाहरुमा विद्युत अवरुद्ध भएको छ ।
(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.