नेपाललाई अन्तिम अवसर


विनोद पाण्डे
विश्व क्रिकेट लिग च्याम्पियनसिप
nepali-cricket-team_20150729085126काठमाडौं, श्रावण १३ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ‘डेब्यु’ गर्दा दबाब नेपाली क्रिकेट टोलीमाथि नै हुनेछ । नेपालले च्याम्पियनसिपमा बुधबार स्कटल्यान्डसँग खेल्दै छ । स्कटल्यान्ड त्यही टिम हो जो भर्खर सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा नेदरल्यान्ड्ससँगै विजेता बनेको थियो ।

ट्वान्टी–२० विश्वकपमा पुग्ने मात्र नभई छनोट प्रतियोगिता नै जित्ने उद्देश्य बनाएर आयरल्यान्ड हुइँकिएको नेपाल सहभागी १४ टोलीमा १३औं भएको थियो । नेपालले आफ्नो स्तरअनुरूप प्रदर्शन गर्न सकेको थिएन् । निकै कमजोर प्रदर्शनका कारण नेपाली टिमको आलोचना हुँदै आएको छ ।

सह आयोजक स्कटल्यान्डले भने घरेलु मैदानको फाइदा उठाउँदै विश्व ट्वान्टी–२० छनोट प्रतियोगिता जितेर एसोसिएटमा फेरि आफ्नो प्रभाव देखाएको थियो । क्यामबसडनको आयरमा बुधबार खेल्न उत्रँदा स्कटिस टिमले नेपालसँग आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै घरेलु मैदानको फाइदा पनि भरपुर उठाउने प्रयासमा गर्नेछ ।

‘विश्व ट्वान्टी–२० छनोट हाम्रो खराब सपना थियो,’ स्कटल्यान्डबाट कप्तान पारस खड्काले भने, ‘हामी हाम्रो खेलमा केन्द्रित भएर बलियो प्रदर्शन गर्न सक्नुपर्छ । पछिल्लो दुई सातामा हामीले जुन प्रदर्शन गर्‍यौं, त्योभन्दा हामी धेरै राम्रो टोली हौं जस्तो लाग्छ । त्यो फरक संरचनाको खेल थियो । अहिले हामीसँग अर्कै अवसर छ, हामीले राम्रो खेलेर विश्व ट्वान्टी–२० छनोटमा विजेता बनेको टोलीसँगको खेल जित्नुपर्छ । त्यसका लागि हामीले आफैंमा विश्वास गर्नुपर्छ र जतिसक्दो लामो समय सम्म जुध्नुपर्छ ।’

युरोपको निराशाजनक भ्रमण टुंग्याउने नेपालका लागि यो अन्तिम अवसर हुनेछ । ५ साता बढी समयदेखि युरोप भ्रमणमा रहेको नेपालले नेदरल्यान्ड्ससँगको ४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–१ ले गुमाएको थियो । विश्व ट्वान्टी–२० छनोटमा सोचेभन्दा ठूलो निराशा भोग्दै नेपाल च्याम्पियनसिपमा स्कट्ल्यान्डसँगको खेल अगाडि उभिएको हो ।

त्यसयता नेपाली टिममा ठूलो उथलपुथल भइसकेको छ । नेपाली टिमका प्रमुख ब्याट्सम्यानमा गनिएका सुवास खकुरेल र विनोद भण्डारीलाई टोलीबाट हटाइसकिएको छ । मध्यम गतिका बलर जितेन्द्र मुखिया पनि स्वदेश फर्किसकेका छन् । अलराउन्डर सागर पुन चोटका कारण नखेल्ने भइसकेका छन् । सुवास र विनोदको अनुपस्थितिमा महेशले नेपालको विकेटकिपिङ ग्लोभ्स लगाउनेछन् ।

इंग्ल्यान्डमै क्लब क्रिकेट खेलिरहेका महेशले अनिल मण्डलसँग ओपनिङ गर्ने निश्चित जस्तै भइसकेको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का, शरद भेषावकरले मध्यपंक्तिमा खेल्ने छन् । बाँकी २ ब्याटिङ स्थानका लागि राजेश पुलामी, प्रदीप ऐरी, सिद्धान्त लोहनी र पृथु बाँस्कोटाको प्रतिस्पर्धा चल्नेछ । महेशसँगै पृथु पनि इंग्ल्यान्डमा खेलिरहेका छन् ।

नेपाली ब्याट्सम्यान आयरल्यान्डको छनोट प्रतियोगितामा तहसनहस हुँदा जर्सीसँगको एउटै खेलमा अवसर पाएका सिद्धान्त लोहनीले राम्रो प्रभाव पारेका थिए । उनले त्यसमा २७ रन बनाएका थिए । तर प्रशिक्षक दसानायकेले उनको सम्भावना’boutमा खुलाउन चाहेनन् । ‘उनी प्रतिभाशाली युवा खेलाडी हुन् । मेरो काम भनेको उनलाई सफल बनाउनु हो,’ दसानायकेले भने, ‘यो स्तरमा उनले राम्रो गर्न सिक्नुपर्ने धेरै छ । टिममा रहनेले जति अवसर पाए त्यत्ति उनको गति बढ्छ ।’

दसानायकेले सोमपाल कामीको जोडीको रूपमा नयाँ बल कसलाई दिने भन्ने निर्णय गर्न बाँकी नै छ । त्यसमा करण केसी र अविनाश कर्णमध्ये एकले अवसर पाउनेछन् । करणले विश्व ट्वान्टी–२० छनोटमा राम्रो गर्न सकेका थिएनन् । अविनाश ‘ब्याकअप’ खेलाडीको रूपमा नेपाली टोलीसँगै युरोप भ्रमणमा छन् । स्पिनरतर्फ वसन्त रेग्मी र शक्ति गौचनको स्थान सुरक्षित छ । विकेटको स्थिति हेरेर नेपालले एक स्पिनर हटाएर तीन सिमर पनि खेलाउन सक्छ ।

विश्व ट्वान्टी–२० छनोट जितेका ६ खेलाडी स्कटिस टोलीमा हुने छैनन् । रोब टेलर, जोश डेभी, कालुम म्याकलोइड, फ्रेडी कोलम्यान र म्याट माचन इंग्लिस काउन्टी क्रिकेटको प्रतिबद्धताका कारण स्कटिस टोलीमा छैनन् ।

च्याम्पियनसिप २०१९ को विश्वकप छनोटको आधार पनि हो । सहभागी ८ मध्ये शीर्ष ६ टोली दोस्रो चरणमा पुग्ने छन् । स्कटल्यान्डले गत वर्ष न्युजिल्यान्डमा फरक स्वरूपमा आयोजना गरेको छनोट प्रतियोगिता जितेर एकदिवसीय विश्वकप खेलेको थियो । त्यसमा समूह चरणमा पारसविहीन नेपाललाई ९० रनले पराजित गरेको थियो ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.