समुन्द्र घिमिरे
यो उमेरमा म केही खोज्न जाँदा जुन बच्चालाई देखेँ, त्यो बच्चा मेरो उमेरमा पुग्दा के गर्दो होला?’
कलंकीबाट सितापाईला जाने बाटोको दाहिने/देब्रेतिर केही रेष्टुरेण्टहरु चम्किरहेका देखिन्छन्। साँझ पर्दै गर्दा तिनै रेष्टुरेण्टको बाहिर चम्किने झिलमिले बत्तिहरुको आकर्षण अझै विशेष हुने गर्छ। प्रायः तिहारमा प्रयोग हुने ति झिलिकझिलिक झिल्किने बत्तिलाई रेष्टुरेण्टले ग्राहकलाई ‘भित्र आउ आउ’ भनेर सांकेतिक निम्तो दिएइरहेझैं लाग्छ। नशा, यौन जस्ता अर्थ लाग्ने नामबाट नामांकित त्यस्ता रेष्टुराँका आडैमा केही युवतीहरु रहने गर्छन्। उनीहरुका अगाडि पर्ने युवाहरुले उनीहरुको आँखाको नशालु हेराइ खानुपर्छ। आफ्नो वक्षस्थल सकेसम्म देखाउने उनीहरुको कोसिस हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्