भारतीय नेताहरुले के भने प्रचण्डसँग?


अन्नपूर्ण
सबैले नेपालमा छिटो संविधान बनोस् भनेका छन्
prachanda_final_189715154_681674963काठमाडौ: प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी,प्रधानमन्त्री नरेन्द्र मोदी,गृहमन्त्री राजनाथ सिंह,विदेशमन्त्री सुष्मा स्वराजसहित सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरुसँग दाहालले भेटवार्ता गरिसकेका छन्।

भारतीय नेताहरुले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका मधेशी दल र तीनका नेताहरुलाई बिश्वासमा लिइ सिमाङकन टुंग्याएर संविधान जारी गर्न उपयुक्त हुने सुझाव दिएको दाहालले बताए ।

आफूले भारतीय नेताहरुसँग नेपाल भारत सम्बन्ध र एमाओवादी र भारतको सम्बन्धका ’boutमा खुलेर सिधा सिधा छलफल गरेको जानकारी गराउँदै दाहालले आफनो भ्रमण फलदायी भए नभएको परिणाम हेर्न पर्खनु पर्ने पनि बताए ।

शान्ति र संविधान निर्माण प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुरयाउन भारतीय सहयोग र सदभाव खोज्न गत मंगलबार भारत भ्रमणमा गएका दाहाल सोमबार काठमाडौ फर्कदैछन ।

भारतीय प्रधानमन्त्री मोदीको गृहनगर गुजरातको भुजमा भुकम्पछिको पुननिर्माणको अवस्था अवलोकन गर्न पुगेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका दाहालसँग शनिवार राती अन्नपूर्णकर्मी रेवती सापकोटाले टेलिफोनमा गरेको कुराकानी :

समग्रमा तपाईको भारत भ्रमण कस्तो रहयो भनेर बुझने ?

मैले जस्तो सोचेर आएको थिए,भ्रमण त्यस्तै भयो । अव यसको परिणाम हेर्नुपर्छ । मैले नेपाल भारत सम्बन्ध र एमाओवादी र भारतको सम्बन्धका ’boutमा राष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीहरु,सत्ता पक्ष र विपक्षमा रहेका नेताहरु र भारतीय बुद्धिजीवीहरुसँग सिधा सिधा खुलेर छलफल गरेको छु । शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुरयाउने बिषयलाई मुख्य बनाएर सबैसँग छलफल गरेको छु ।

संविधान निर्माणमा भारतीय नेताहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?

उहाँहरु सबैको संविधान बनोस भन्ने चाहना देखिन्छ । सिमाङकन चाहि टुंग्याएर संविधान जारी गर्नु राम्रो हुन्छ भन्ने उहाँहरु सबै जसोको सुझाव थियो,जुन कुरा मैले काठमाडौमा काँग्रेस एमालेका नेताहरुसँग पनि छलफल गरेकै बिषय हो ।

असन्तुष्ट मधेशी दलहरुलाई पनि संविधान निर्माण प्रक्रियामा समेटेर लैजानु राम्रो हुन्छ भन्ने सबै जसो नेताहरुको सुझाव छ । मैले सबैका भावना समेटेर संविधान निर्माण प्रक्रिया अगाडि बढाइन्छ भनेको छु ।

भारतीय नेताहरु संविधान बनेको देख्न चाहदा रहेछन कि अझै रोकिएको देख्न चाहदा रहेछन ?

उहाँहरु सबैको चाहना संविधान बनोस भन्ने नै छ ।

भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकका ’boutमा के कुराकानी भयो ?

लिपुलेको ’boutमा मैले सबैसँग प्रष्ट कुरा राखे । विदेशमन्त्रीले ऐतिहासिक दस्तावेजहरु अध्ययन गरेर समस्याको समाधान गर्ने कुरा गर्नुभयो । प्रधानमन्त्रीले चाहि त्यसलाई सामान्यीकरण गरिदिनुभयो । सबै कुरा आपसी सल्लाहमा हुन्छ भन्नुभयो ।

त्रिदेशीय समझदारी’boutमा कस्तो छलफल भयो ?

त्रिदेशीय रणनीति समझदारी बनाएर आर्थिक विकास गर्नुपर्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हो । त्यो बिषय अहिले भारत चीनको वीचमा पनि छलफल अगाडि बढेको छ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तपाईको चीन भ्रमण र त्रिदेशीय समझदारीका ’boutमा त्यहाँ भएको छलफल सकारात्मक छ भने ।

तर त्रिदेशीय समझदारीका ’boutमा जसरी मैले प्रष्टयाउन खोजेको थिए,त्यो चाहि हुन पाएन । इष्टिच्युट फर डिफेन्स एण्ड स्टडी एनालिसिस (आइडिएसए)को कार्यक्रममा बिस्तृत रुपमा त्रिदेशीय समझदारीका ’boutमा व्याख्या गर्न चाहेको थिए तर प्रधानमन्त्री मोदीसँगको भेटने र त्यो कार्यक्रम जुधेका कारण त्यो हुन पाएन । मेरो समय नमिल्दा आइडिएसएको कार्यक्रम नै रद्द हुन पुग्यो ।

व्यक्तिगत रुपमा तपाईलाई चाहि भारतीय नेताहरुले कसरी लिए ?

प्रधानमन्त्री मोदीदेखि सबै जसो नेताहरुले संविधान लेखन देखि सबै बिषयमा तपाईले नै नेतृत्व गर्नु परयो भन्नुभएको छ । तपाई नै केहि गर्न सक्ने नेता हो भन्ने उहाँहरुको भनाई थियो ।

भुकम्पपछिको पुननिर्माणका ’boutमा कस्तो छलफल भयो ?

भुकम्पपछिको पुननिर्माणमा पूर्ण सहयोग हुन्छ भन्नु भएको छ ।

तपाई गुजरात पनि पुग्नुभयो,कस्तो पाउनुभयो ?

हो,म अहिले तपाईसँग कुरा गरिहदा गुजरातमै छु । भुकम्प अघि र पछिको गुजरातको अवस्थाका ’boutमा पावरपइन्टबाट आज (शनिवार) जानकारी लियौ । भोली (आइतवार ) पुननिर्माणको अवलोकन गरेर दिल्ली जाने कार्यक्रम जाने कार्यक्रम छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.