संविधानको धारा बोकेका सभासदसँग जनताले मागे पानीको धारा


सचिवालयमा हिन्दू राज्य माग्दै इमेल र टेलिफोन
sujhav२ साउन, काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय लिन गाउँ पुगेका सभासदहरुलाई स्थानीयले सडक, खानेपानी र कुलो पैनी चाहियो भन्दै र्‍याखर्‍याख्ती पार्न थालेका छन् । संविधानसभा निर्वाचनका बेला पनि विकास निर्माणका एजेण्डाका आधारमा चुनाव जितेका सभासदहरुलाई संविधानको मस्यौदामा जनताको राय लिन धौ धौ पर्न थालेको छ ।
शनिवार विहान ओखलढुंगाको निसंखेमा पुगेका सोही जिल्लाबाट प्रत्यक्ष निर्वाचित कांग्रेस सभासद रामहरी खतिवडा र एमाले सभासद यज्ञराज सुनुवारलाई स्थानीयले संविधान होइन, धानका कुरा सुनाए ।
‘कुलो भत्किएर धान खेती गर्न सकिएन, मोटरबाटो ल्याइदेऊ, खानेपानीका लागि बजेट चाहियो भन्ने जस्ता सुझावहरु जनताबाट आएका छन्’ सभासद खतिवडाले भने ‘संविधान चाँडो चाहियो भन्ने जनताको सुझाव छ’ ।
भोजपूर पुगेका एमाले सभासद शेरधन राईले पनि बाटैभरि जनताका विकासे सुझाव र गुनासा सुन्नुपरेको बताए ।

‘विकास निर्माणका कुरामा जनताको बढी चासो छ, संविधानका धारा र भागमा कोही जान चाहँदैनन्’ राईले भने ‘सबैलाई अधिकार हुने गरि चाँडो संविधान आओस् भन्ने साझा सुझाव छ’ ।
गाउँगाउँमा किसानहरु यतिबेला कतिपय ठाउँमा धान रोपाइँमा व्यस्त छन् भने कतिपय ठाउँमा धान गोड्ने बेला पनि हुन लागेको छ ।
यद्यपि आफ्नो क्षेत्रमा सभासदहरु आएको थाहा पाएपछि सर्वसाधारणले उत्साहजनक सहभागिता जनाइरहेका छन् ।
‘धान रोप्ने सिजनमा संविधानमा सुझाव दिन सर्वसाधारण टाढादेखि हिँडेर आएका छन्’ बाग्लुङकी एमाओवादी समानुपातिक सभासद केशरी घर्ती मगरले भनिन् ‘उनीहरुले अब बन्ने संविधानमा समान अधिकार हुनुपर्छ भनेका छन्’ ।
संविधानसभा सचिवालयले संविधानमा सुझाव लिनका लागि औपचारिक कार्यक्रम साउन ४ र ५ मा राखे पनि हरेक क्षेत्रका सभासदहरु सम्मिलित अन्तरक्रिया र छलफलहरु चलिरहेका छन् ।

अधिकांश ठाउँमा स्थानीय विकास निर्माणका समस्यालेनै सुझावको रुपमा प्राथमिकता पाएको दोलखा १ का एमाले सभासद पार्वत गुरुङले बताए । ‘जनतालाई संविधानको धारा होइन आफ्नो टोलमा पानीको धारा चाहिएको छ’ दोलखामै रहेका गुरुङले भने ।
दोलखाकै २ नम्बर क्षेत्रका सभासद आनन्द पोखरेलले भने-जनताले स्थानीय विकासका समस्यासँगै दलीय विकृति रोक्न थ्रेस होल्ड राख्नुपर्ने,समानुपातिक प्रणाली हटाउनुपर्ने सुझाव दिएका छन् ।
हिन्दू र थ्रेस होल्डको बाढी
संविधानसभा सचिवालयले प्रत्यक्ष सुझाव संकलनमा सहभागी हुन नपाउने र विदेशमा रहनेहरुका लागि इमेल,सोसल मिडिया,टेलिफोन लगायत माध्यमबाट सुझाव दिन सक्ने व्यवस्था गरेको छ ।
शनिवारसम्म करीव ६ हजार जनताले सुझाव दिएको प्रवक्ता डा.भरतराज गौतमले बताए । सचिवलाय स्रोतका अनुसार इमेल र टेलिफोनबाट आउने सुझाव अधिकांशम हिन्दू राज्य हुनुपने पक्षमा छन् ।
धार्मिक स्वतन्त्रा,धर्म परिवर्तन गर्न नपाउने र हिन्दू राज्य राख्नुपर्ने भनेर धेरै लिखित सुझाव आएको सचिवालयका एक अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.