१ साउन, काठमाडौं । नेपाल आगामी वर्ष भारतमा हुने टी-२० विश्वकप गुमाउने स्थितिमा पुगेको छ ।टी-२० विश्वकप छनोटमा शुक्रबार पपुवा न्यूगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ । समूहको चौथो स्थानमा रहँदा विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ ।
अन्तिम खेल खेल्नुअघि नेपाल ३ अंकका साथ पाँचौं स्थानमा छ भने समान अंक जोडेको हङकङ चौथो स्थानमा छ र उसले आयरल्याण्ड, नामिबिया र हङकङसँग खेल्न बाँकी छ ।