पश्चिममा अविरल वर्षाले सय बढी घर डुबान (अपडेट)


कमल पन्थी
गुलरिया, असार ३१ – बुधबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएको छ । बाढी गुलरिया नगरपालिकाको वालापुर, गुलरिया नेपालगन्ज सडक जलमग्न भएको छ । स्थानीय प्रशासनले सवारीसाधन आउजाउ गर्न रोक लगाएको छ ।बाढी र डुवानले करिब ५० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सर्तकतामा राखिएको छ । बर्दिया नेउलापुर, सुर्यपटुवा, मगरागाडी, गोला, धधवार, बनियाभार लगायतका गाविस र बासगढी नगरपालिकाको ककौराका सय बढी घर डुबानमा परेका छन् ।

डुबानमा परेको मगरागाडी गाविस जयनगरबाट २३ घर परिवारलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताए । डुबानबाट अति जोखिममा रहेकाको उद्दारका लागि सदरमुकाम गुलरियाबाट सशस्त्र प्रहरीको २५ र नेपाल प्रहरीको २५ जना तालिम प्राप्त पौडीबाज टोलीलाई त्यस तर्फ परिचालन गरिएको प्रजिअ कुँवरले जनाए ।

अविरल वर्षाले बबई र कर्णाली नदीमा जलस्तर बढ्दै गएपछि उच्च सर्तकतामा रहन तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यसैगरी कान्तिपुर संवाददाता गणेश चौधरीका अनुसार बुधबार राति परेको वर्षाका कारण कैलालीको जोशीपुर, बौनिया र थापापुर गाविसका गाउँ डुबानमा परेका छन् ।

पथरैया, काढा र घैला नालामा बढेको पानी बस्तीमा पसेको प्रहरीले जनाएको छ । बाढीका कारण कतिपय गाउँमा हिँडेर पुग्न सक्ने स्थिति नभएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी नायव निरिक्षक सन्तोष शाहीले बताए ।

उद्धारका साथै क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको शाहीले बताए । घरमा पानी पसेपछि पिडित अग्लो ठाउमा ओत लागेर बसेका स्थानीय पदम बोहराले बताए ।

यसैगरी, रातिको अबिरल बर्षाका कारण नेपालगन्जका बिभिन्न टोलहरु जलमग्न भएका छन् । नेपालगन्जमा गएराति बिहान ७ बजेसम्म २ सय ४६ मिलिलिटर बर्षा भएको जल तथा मौसम विज्ञान विभाग कार्यालयले जनाएको छ ।

पानीको निकास नहुँदा नेपालगन्ज सेतुबिक चोक, न्यूरोड, बेलासपुर, कोरियनपुर घरबारी टोल, बीपी चोकबाट पूर्व त्रिभुवन चोक जाने मार्ग, रानी तलाउ क्षेत्र लगायत बिभिन्न स्थान जलमग्न भएकाे नेपालगन्जस्थित ईकान्तिपुरकर्मी जे पाण्डेले जानकारी दिए ।

सडकमा पानी जमेकाले आवागमनमा समेत बाध पुगेको छ । प्रहरीले न्यूरोडमा ठूला सवारी साधनको आवागमनमा रोक लगाएको छ ।

नेपालगन्ज उप महानगरपालिका कार्यालय पश्चिम क्षेत्र पनि जलमग्न छ । फोहोर जन्य बस्तुले नालाहरु थुनिंदा बजारमा पानी जमेको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.