Daily Archives: 16/07/2015

पूरा भयो एचआइभी उपचारको लक्ष्य


१५ वर्षभित्रमा एड्सको महामारी अन्त्य हुने
hivसन् २०१५ सम्ममा डेढ करोड एचआइभी संक्रमितको उपचार गर्ने संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा भएको छ ।राष्ट्रसंघीय एड्स एजेन्सीका अनुसार राष्ट्रसंघले तय गरेको लक्ष्य निर्धारित समयभन्दा ९ महिना अगावै अर्थात् गत मार्च महिनामै हासिल भएको छ ।
सन् २००० मा संयुक्त राष्ट्रसंघले सहश्राब्दी विकाश लक्ष्य अन्तरगत एच आइ भी विरुद्धको संघर्षमा समेत लक्ष्य तय गरेको थियो, जतिबेला ७ लाख एचआइभी संक्रमितले मात्र औषधोपचार पाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाबाट ४०३ नेपालीको उद्धार


रामचन्द्र गिरी
२५० अझै उद्धारको पर्खाइमा, २२२ जेलमा
घरफिर्ती केन्द्रमा (डिटेन्सन सेन्टर) मा अलपत्र
क्वालालम्पुर, असार ३१ – हवाई टिकट नभएर मलेसियाका घरफिर्ती केन्द्रमा (डिटेन्सन सेन्टर) मा अलपत्र परेका ४ सय ३ नेपालीको उद्धार गरिएको छ। विभिन्न अभियोगमा दोषी पाइएपछि जेलसजाय भुक्तान गरिसकेर फिर्ती केन्द्रमा राखिएका उनीहरूलाई नेपाल वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र दर्जनभन्दा बढी विभिन्न निजी कम्पनीहरूको सहयोगमा उद्धार गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

पश्चिममा अविरल वर्षाले सय बढी घर डुबान (अपडेट)


कमल पन्थी
गुलरिया, असार ३१ – बुधबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएको छ । बाढी गुलरिया नगरपालिकाको वालापुर, गुलरिया नेपालगन्ज सडक जलमग्न भएको छ । स्थानीय प्रशासनले सवारीसाधन आउजाउ गर्न रोक लगाएको छ ।बाढी र डुवानले करिब ५० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सर्तकतामा राखिएको छ । बर्दिया नेउलापुर, सुर्यपटुवा, मगरागाडी, गोला, धधवार, बनियाभार लगायतका गाविस र बासगढी नगरपालिकाको ककौराका सय बढी घर डुबानमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्