आज ८ खर्ब १९ अर्बको बजेट आउदै


कृष्ण आचार्य
budget_20150714104528सामाजिक सुरक्षा भत्ता ५० प्रतिशत बढाइँदै
निर्वाचन क्षेत्र विकास कार्यक्रम रकम डेढ करोड
सभासद विकास कोषमा २० लाख
काठमाडौ, असार २९ – सरकारले आगामी आर्थिक बर्षको लागि ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट आज सार्वजनिक गर्दैछ । ६ खर्ब १४ अर्ब सरकारी स्रोत, एक खर्ब १० अर्ब विदेशी सहायता, ९५ अर्ब विदेशी ऋणबाट बजेट स्रोत जुटाउन लागिएको हो ।
सरकारी स्रोतअन्तर्गत आगामी बर्षको आन्तरिक ऋण, राजस्व र यो बर्ष खर्च गरेर बाँकी रहेको तथा उठाइएको आन्तरिक ऋण पर्छ । अर्थ स्रोतका अनुुसार पुननिर्माण, स्थानीय निकायको निर्वाचनको लागि प्राथमिकता दिंदै बजेट विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षाअन्तर्गत बृद्धबृद्धाको भत्ता ५० प्रतिशतले बढाइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि यो बर्षबाट सुरु गरिएको १ करोडलाई डेढ करोड पुर्‍याइएको छ । ५८ सालबाट सुरु गरिएको सभासद विकास कोषलाई प्रतिसभासद २० लाख पुर्‍याइएको छ ।
अर्थमन्त्री रामशरण महतले आज ४ बजे संसदमा बजेट प्रस्तुत गर्नेछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.