मलेसियाका नेपाली भन्छन्, ‘व्यथा भोग्ने हामी छौं, पछि नहट सरकार’


रामचन्द्र गिरी
Malaysia_20150709104753फ्रि टिकट, फ्रि भिसा प्रकरण
मलेसिया, असार २४ – मलेसियामा कार्यरत नेपाली र सरोकारवालाहरुले फ्रि टिकट, फ्रि भिसाको नीति लागू गर्नबाट पछि नहट्न सरकारलाई आग्रह गरेका छन् । शून्य प्रणाली र म्यानपावर कम्पनीको आन्दोलन’bout आएका समाचारपछि हजारौं नेपालीले सामाजिक संजालमार्फत टिप्पणी गर्दै सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै पूर्ण रुपमा लागू गराउनुपर्नेमा जोड दिएका छन् ।

करिब ८ लाख नेपाली कार्यरत रहेका मलेसिया रोजगारीको प्रमुख गन्तव्य हो । मलेसियामा कार्यरत नेपाली र सरोकारवालाहरुले कतिपय म्यानपावर कम्पनीको बदमासी र लापरबाहीकै कारण धेरैजसो नेपालीले दु:ख भोग्नु परिरहेको भन्दै शून्य प्रणाली कुनै पनि हालत्‌मा लागू गराउनै पर्ने बताएका छन् ।

पूर्व तयारीबिनै शून्य प्रणाली लागू गर्न लागिएको भन्दै म्यानपावर कम्पनीले कामदार पठाउन बन्द गर्ने बताइरहँदा फेसबुकमा आएका समाचारमा टिप्पणी गर्नेमध्ये अधिकांशले म्यानपावर कम्पनीको विरोध गरेका छन् ।

कामदार पठाउन बन्द नै गरिएपनि कुनै फरक नपर्ने भन्दै विदेशमा कार्यरत नेपालीहरुले सरकारलाई शून्य प्रणाली लागू गर्न हौसला दिएका छन् । सरकारी निर्णय पूर्ण रुपमा कार्यान्वयन भएमा अब समस्यामा न्युनीकरण हुँदै जाने विश्वास उनीहरुको छ ।

‘मलेसियाको लागि सरकारले तोकेको अधिकतम ८० हजार नेपाली रुपैयाँको ठाउँमा तीन गुणा बढी रकम तिरेर पनि सम्झौता गरिएअनुसारको तलब र सुविधा नपाउने लाखौं नेपालीहरुको कथा व्यथालाई प्रत्यक्ष देख्ने भोग्ने हामी छौं,’ त्यस्तो टिप्पणी गर्ने हजारौं नेपालीमध्येका एक मलेसियामा कार्यरत खोटाङका इन्द्र नारथुंगे फेसबुकमा लेख्छन्, ‘म्यानपावर व्यवसायीसँग सरकार झुक्नु हुँदैन । जनस्तरबाट सबैले सरकारी निर्णयको स्वागत गर्दै म्यानपावर व्यवसायीहरुको आन्दोलनको भत्सर्ना गरौं ।’

मलेसियास्थित नेपाली दूतावासका एकजना अधिकारीले शून्य प्रणाली लागूपछि अब समस्यामा न्युनीकरण हुँदै जाने विश्वास व्यक्त गरे । ‘८ लाख नेपाली काम गरिरहेको र वर्षेनी २ लाख कामदार आउने मुलुकमा आफ्ना कामदार पठाउँदा पनि धेरै पैसा खर्चनुपर्ने ठूलो विडम्बना रहँदै आएको थियो ।’

नेपाली दूतावासका एक कर्मचारीले भने, ‘फ्रि भिसा, फ्रि टिकट निर्णय निकै सकारात्मक छ । अब कडाईका साथ लागू गराउनुपर्दछ, त्यसो भयो भने समस्याहरु धेरै हदसम्म न्युनीकरण हुँदै जान्छ ।’ उनले म्यानपावर कम्पनीलाई चर्को रकम बुझाएर मलेसिया आइसकेपछि पनि सम्झौतापत्र इमान्दारीसाथ लागू नहुँदा समस्यामा पर्ने गरेको पनि औंल्याए ।

दूतावासले शून्य प्रणालीबाहेकका मागपत्र प्रमाणीकरण बन्द गरिएको जनाएको छ । सरकारी कमजोरीको फाइदा उठाउँदै दलालहरुको ठगीको चपेटामा समेत कामदार पर्दै आएका छन् । विदेश आउँदा अधिकांश नेपाली ऋण लिएर आउने गर्दछन् । यता आइसकेपछि आइपर्ने विभिन्न समस्याका कारण बेलैमा ऋण तिर्न नसक्दा कतिपय जटिल समस्यामा समेत पर्ने गरेका कयौं उदाहरणहरु छन् ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.