मस्यौदा बोकेर आउँदैछन् सभासद


बलराम पाण्डे
9f0257473193c20c9c4c9a45bcc02c51_Lकाठमाडौं-नयाँ संविधानका लागि जनताको प्रत्यक्ष राय लिन प्रारिम्भक मस्यौदा बोकेर सभासद प्रत्येक निर्वाचन क्षेत्र पुग्ने भएका छन्। उनीहरुले त्यहाँ बसेर दुई दिन वडा तहसम्मका तिनिधिसँग अन्तर्क्रिया गरी राय संकलन गर्नेछन्। मंगलबार संविधानसभा बैठकले संविधानको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिँदै जनताको प्रतिक्रिया लिन नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि जनताको राय लिने बाटो खुला भएको हो। बैठकले त्यसका लागि १५ दिन समयावधि तोकेको छ। संविधानसभामा असार १७ गते संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले प्रस्तुत गरेको संविधानको पहिलो मस्यौदा जनताको प्रतिक्रियाका लागि राजपत्रमा प्रकाशित गर्ने र नागरिक सम्बन्ध समितिलाई जनतामा लैजाने कार्ययोजना पेस गर्ने प्रस्ताव मंगलबारको बैठकले पारित गरेको हो।
पहिलो मस्यौदामा जनताले दिएका सुझावका आधारमा थपघट गर्न सकिनेछ।
त्यसैगरी, विधेयकको पहिलो मस्यौदा प्रचारप्रसार गर्न, सुझाव संकलन र त्यस’bout प्रतिवेदनसमेत बुझाउन समयावधि तोकी नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको जिम्मा लगाइएको छ। यो जिम्मा पहिलेको कार्यतालिकामा पनि यही समितिलाई थियो।समितिले पहिलो मस्यौदा जनताकहाँ कसरी लैजाने, राय र सुझाव कसरी संकलन गर्ने भन्ने कार्ययोजनासहितको प्रतिवेदन बिहीबार संविधानसभामा पेस गर्नेछ।
संविधानसभाले कार्ययोजना पारित गरेपछि संविधानको पहिलो मस्यौदा लिएर सभासदहरु प्रत्येक निर्वाचन क्षेत्रसम्म पुग्नेछन्।पहिले गाविससम्म पुग्ने तयारी भए पनि समयाभाव, वर्षातको समय र फास्ट ट्र्याकबाट संविधान जारी गर्नुपर्ने भएकाले क्षेत्रसम्म मात्रै पुग्न लागिएको संविधानसभा सचिवालय स्रोतले जानकारी दियो। त्यसका लागि संविधानको पहिलो मस्यौदा एक लाख प्रति छाप्ने काम सुरु भइरहेको छ।
नागरिक सम्बन्ध समितिले कार्ययोजनाका लागि आन्तरिक गृहकार्य पनि गरिसकेको छ। २४ गते संविधानसभाले पारित गर्ने कार्ययोजनाअनुसार भोलिपल्टै संविधानको पहिलो मस्यौदाका प्रति लिएर सचिवालयका कर्मचारी जिल्ला–जिल्ला पुग्दैछन्।
प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको सहयोगमा उनीहरुले पहिलो मस्यौदामाथि अन्तर्त्रि्कया कार्यक्रम मिलाउनेछन्।
उनीहरुले गाविस र वडा तहबाट प्रतिनिधि बोलाउनेसम्म काम पाँच दिनभित्र गरिसक्नेछन्।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल र बजेट पेस गर्ने कार्यक्रम रहेकाले असार महिनाभर सभासद भने जिल्ला जान पाउनेछैनन्। त्यसबेलासम्म कर्मचारी तहबाट आन्तरिक तयारी गरिने संविधानसभा सचिवालय स्रोतले जानकारी दियो।
पेस्की खर्च विधेयक ३० गते पारित गर्न सकिए ३१ गते नै सभासदहरु जिल्ला जान सक्नेछन्। ७५ वटै जिल्लामा निर्वाचन क्षेत्र तय गर्दै सभासदहरुको टोली जिल्ला पुग्नेछ। एक निर्वाचन क्षेत्रमा सबैलाई पायक पर्नेगरी प्रत्येक गाविस र वडा तहबाट आएका प्रतिनिधिले संविधानको पहिलो मस्यौदामाथि सुझाव दिन सक्नेछन्।
‘व्यवस्थित रुपमा सुझाव संकलन गर्न सकिने गरी कार्ययोजना बनाउँदैछौं,’ संविधानसभा सचिवालय स्रोतले भन्यो, ‘२५ गते जिल्ला पुगेका कर्मचारीले तयारी पूरा गरेपछि सभासदहरु पुगेर जनतासँग अन्तर्त्रि्कया गर्नेछन्।’ दुई दिन निर्वाचन क्षेत्रमा अन्तर्त्रि्कया सकेर सभासदहरुसहितको टोली काठमाडौं फिर्ता हुनेछ। त्यसपछि प्रतिवेदन तयार गरेर साउन ७ गतेसम्म संविधानसभामा पेस गरिने कार्ययोजना तय गरिएको छ।
‘तपाईंहरुले पहिले नै दिएको सुझावका आधारमा हामीले मस्यौदा तयार गरेका छौं, मस्यौदा तपाईंहरुलाई कस्तो लाग्यो? थप सुझाव के छ?’ अन्तर्त्रि्कयामा जनतालाई यस्ता प्रश्न मात्रै गरिनेछ,’ संविधानसभा सचिवालय स्रोतले भन्यो, ‘अन्तर्त्रि्कया पनि लामो हुँदैन।’संविधानसभाले जनताको राय र सुझाव हेरेर संविधानमा समावेश गर्न सकिने विषय छनोट गरी सभामा पेस गर्ने जिम्मा फेरि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई दिनेछ।
संवाद समितिले थोरै समयभित्रै जनताका सुझाव छनोट गरेर तयार पारिएको प्रतिवेदन संविधानसभामै पठाउनेछ। त्यसपछि संविधानसभाले फेरि जनताको रायसुझावअनुसार अन्तिम मस्यौदा तयार पार्ने जिम्मा मस्यौदा समितिलाई नै दिनेछ।
संविधानको अन्तिम मस्यौदा विधेयकका रुपमा संविधानसभामा पेस गरेपछि सभासदहरुले प्रत्येक धारामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्।सभासदहरुले गरेको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गरिएपछि राष्ट्रपतिकहाँ पठाइनेछ। त्यसपछि राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नेछन्। यसैबीच, नागरिक सम्बन्ध समितिको मंगलबार बसेको बैठकले कार्ययोजना’bout छलफल गरेको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी जनताको रायसुझावका लागि बढीमा १५ दिनको समय दिन सकिने गरी समय तय गरिएको थियो।(नागरिक )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.