कुबेत मा सन्त बहादुर बचाउ अभियान शुरु


111111कोसेलिन्युज, गत तीन महिना देखी हत्याको अभियोगमा कुवेतको जेलमा बन्द सिन्धुपाल्चोकका सन्त बहादुर तामाङ बचाउ अभियान कुवेतमा रहेका नेपालीहरुले शुरु गरेका छन । गैर आवासिय नेपाली संघ कुवेत र नेपाल तामाङ घेदुङ कुवेतको सम्युक्त पहलमा हिजो नेपाली दुताबास कुवेतमा छलफल कार्यक्रम राखीएको थियो ।कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल, दित्तय सचिव अंबिका जोशि र भोगेन्द्र लिनदेलको उपस्थिति जनाउनु भएको छलफलमा कुवेतमा कृयासिल संघ संस्थाका प्रतिनीधिहरुलाई आमन्त्रित गरिएको थियो ।

सन्त बहादुरका निकट ब्याक्तिहरुका अनुसार उनी निर्दोष छन र वकिलको ब्याबस्था गरि मुद्दा लडेको खण्डमा छिट्टै रिहाहुने बताएका छन । उनी कहि कतैबाट हत्यामा संलग्न नभएको उपस्थित प्रतिनिधिहरुको दाबि थियो ।दुताबासका प्रतिनिधिहरुले निजको मुद्दा हेरिराखेका सरकारि वकिल संग बुझ्दा सन्त बहादुरलाई दोषि प्रमाणित गर्ने कुनै ठोस प्रमाण हाल सम्म नभएकोले उनी छुटन सक्ने बताएका थिए ।

सन्त बहादुरको मुद्दा लडनको लागि वकिलले ५ हजार कुवेत दिनर मागेका छन । उक्त रकमको पचास प्रतिशत छिटो भन्दा छिटो बुझाउनु पर्ने भएकोले रकम जम्मा गर्नको लागि कुवेतमा रहेका नेपालीहरुले पहल गरेका हुन ।हिजो दिनको ३ बजे दुताबासको रोहबरमा दुताबासको सभा कक्षमा बसेको बैठकले आबश्यक रकम संघ संस्था र ब्याक्ति विशेषबाट जम्मा गर्ने निर्णय गरिएको छ ।

कुवेतमा रहेका संघ संस्थाहरुलाई १०१ दिन नघटाई सहयोग गर्न अपिल गरिएको छ । यसरि नै एक नेपाली मर्कामा परेको वेला अर्को नेपालीले सहयोग गर्नु पर्ने दाहित्व सम्झेर कुवेतमा रहनुहुने सबै नेपालीहरुलाई सहयोग गर्न गैर आवासिय नेपाली संघले अनुरोध गरेको छ ।सन्त बहादुर निर्दोष छन । उनीलाई बचाउनु हाम्रो कर्तब्य हो । सबैले आफनो आफनो तहतक्काबाट सहयोग गर्नो होस तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामाले भनेका छन ।उनीलाई बेलैमा वकिल लगाएर नछुटाएको खण्डमा फासि सम्म पुग्न सक्ने भएकोले सबैजनाले सहयोग गर्नुपर्ने एनआरएन अध्यक्ष धर्मराज गिरीको भनाई थियो ।

हिजोको बैठकले गरेको निर्णयहरु ।
सम्पूर्ण कुवेतमा रहनुहुने बुद्दी जिबी, समाज सेबी,ब्यावासही, पत्रकार, खेलाडी, कलाकार, कृयासिल संघ सस्थाहरु र समस्थ नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु बिषय: निर्दोस सन्चा बहादुर तामांगको लागि आर्थिक संकलन सम्बन्धी निर्णय । महोदय, उपोरक्त सम्बन्धमा मिती ०७ जुलाई २०१५ का दिन नेपाली राजदुताबासमा कुवेतका सम्पूर्ण सघ सस्थाका प्रतिनिधि ज्युहरु सग एन आर एन ए एन सिसी कुवेत र नेपाल तामाङ घेदुङ सघ कुवेतको सयुक्त पहलमा आयोजना गरिएको सन्चा बाहादुर तमाङ बचाउ अभियानको लागि आर्थिक संकलन तथा न्याय दिलाउनको लागि नेपाली राजदुताबास कुवेतको रोवरमा छलपल गरी निम्न निर्णय गरिएको जानकारी गराउन चाहन्छौ। निर्णयहरु १ कुवेतमा कृयासिल सम्पूर्ण सघ सस्था तथा ब्याक्ती बिशेषबाट निर्दोष सन्चा बाहादुर तमाङको मुद्दा लडनको लागि आवश्यक पर्ने रकम पाँच हजार कुवेती डिनार उठाउने निर्णय गरियो। २ संघसस्थाहरुलाई नघटाइ १०१ केडी दिन अनुरोध गरियो र ब्याक्ती बिशेषलाई सो इच्छाले सहयोग गर्न पनि अनुरोध गरियो। ३ माथि तोकिए बमोजिमको रकम आउदो १० जुलाई २०१५ शुक्रबारको दिन ठिक २ बजेबाट नेपाली राजदुताबासमा उपस्तिथी जनाइ जम्मा गराउने निर्णय गरियो भने यदी समय नहुने वा दुताबासमा जानलाई सहज नभएको खण्डमा तल देहाय बमोजिमका ब्याक्तीहरुलाई संपर्क गरी शुक्रबार सम्ममा पैसा जम्मा गर्न सक्ने भन्ने निर्णय पनि गरियो। राम बहादुर लामा ९०९११२९६ अर्जुन तमाङ ९९७२३०७० राज कुमार थापा ६६१९६५०५ डिबी लोप्चन ९७७७६५१३ सुजन केसी ६००७१४४४ धर्म राज गिरी ६६०६८९२५ जितु कार्की ९७७२९३९० अमृत तमाङ ६५१३८००५ धन्यवाद धर्म राज गिरी राम बहादुर लामा अध्यक्ष अध्यक्ष एन आर एन ए एन सिसी कुवेत नेपाल तामाङ घेदुङ संघ कुवेत

sorch:  nepalkuwait.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.