काठमाडौं, असार २२–नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने माग राख्दै नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ ।देशलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित संघीयता, गणतन्त्रलगायतका विषयलाई जनमत संग्रहमार्फत टुंग्याइनुपर्ने, फरक मतको सम्मान हुनुपर्ने लगायतको समेत माग राख्दै राप्रपा नेपालले संविधानसभा घेराउ गर्न लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा शीर्ष नेताहरु, केन्द्रीय सदस्य, सभासद तथा कार्यकर्ताहरु दिउँसो १२ बजे बबरमहलमा भेला भएर जुलुससहित उिँसो १ बजे संविधानसभा घेराउ गर्न जाने कार्यक्रम छ । यसबाहेक आजै देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन र सभा गर्ने कार्यक्रम समेत रहेको छ ।(रातोपाटी )
हिन्दुराष्ट्र माग्दै संविधानसभा घेराउ गरिँदै
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.
so nice yo ta hunai parnne ho nepalma nepal yauta yasto dhesh ho jaha hindu haruko bahulle bhayako dhesh ho la……………