धर्म नमान्न पाउने अधिकार


राजेन्द्र फुयाल
राप्रपा नेपालको अवरोध हट्यो
काठमाडौं, असार १९ – नयाँ संविधानमा धार्मिक स्वतन्त्रताको हकमा धर्म नमान्न पाउने अथवा नास्तिक हुन पाउने अधिकार राख्ने सहमति भएको छ । संविधान मस्यौदामा धर्म परिवर्तन गर्न पाउने स्वतन्त्रतामा राप्रपा नेपालले असहमति राख्दै संविधानसभा बैठक अबरुद्ध गरेपछि यस्तो सहमति भएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेता र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच शनिबार धर्म परिवर्तनको स्वतन्त्रतामा फरक ब्याख्या गर्ने सहमति भएको हो ।
सहमतिसँगै राप्रपा नेपालले गर्दै आएका संविधानसभाको अवरोध हटेको छ।

संविधान सभा बैठक सुचारु

धर्मको विषयलाई लिएर संविधान सभामा नाराबाजी गरिरहेका राप्रपा नेपालको नाराबाजी रोकिएको छ । राप्रपाले संविधानको मस्यौदामा मौलिक हकमा धर्म परिवर्तन’bout गरिएको व्‍याख्यालाई लिएर केही घण्टाअघिदेखि संविधानसभा अवरुद्ध गरिरहेको थियो । अहिले संविधान सभा बैठक सुचारु भएको छ । मस्यौदामाथि छलफल भइरहेको छ।

राप्रपा र तीन राजनीतिक दलका शीर्ष नेताबीच धर्म परिवर्तन गर्न मिल्ने भन्ने व्याख्या नहुने गरि मस्यौदा तय गर्न सहमति भएपछि नाराबाजी रोकेको हो ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष कमल थापाबीच मौलिक हकमा धर्म परिवर्तन गर्न मिल्ने भन्ने व्याख्या नहुने सहमति भएको छ ।

उनीहरुले संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्बाङको कार्यकक्षमा गइ सहमति गरेका थिए । नाराबाजी गरिरहेका राप्रपा नेपालका सभासदहरु आ आफ्नो सिटमा गएर बसेका छन् ।(कानित्पुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.