संविधानसभाको बैठक सारेर राष्ट्रिय सरकारमा सहमति खोज्ने चार दलको निर्णय


तीन दिनभित्रै संविधान र सरकारको प्याकेजमा सहमति हुने
3-dal-meeting१७ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो ।
‘संविधानसभाको बैठक सूचना टाँसेर २० गतेसम्म स्थगित गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एमाओवादी महासचिव कृष्णबहादुर महराले अनलाइनखबरसँग भने, ‘संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक-दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ ।’ संविधानका अन्तरवस्तु र सरकारको स्वरुप’bout सुक्षम छलफल नभएको भन्दै महराले यस’bout सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजय गच्छदारसमेत चार नेताले टुंगो लगाउने बताए ।
सहमति खोज्न ३० दलको बैठक
यसैबीच राष्ट्रिय सरकार र संविधानमा सहमति खोज्नका लागि एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चाको प्रमुखका हैसियतले आइतबारै बैठक बोलाएका छन् । एमाओवादी नेताले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ बजे ७ दलीय मोर्चाको बैठक बोलाइएको छ भने ५ बजे ३० दलको बैठक डाकिएको छ ।
– See more at: http://www.onlinekhabar.com/2015/05/283233/#sthash.zw7ESm3k.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.