Daily Archives: 28/05/2015

५० लाख किलो चामल खै?


4a934bc96fc5f2ec09cc010a9a4e5b90_Lसुरेन्द्र पौडेल,काठमाडौं-भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेटि्रक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेटि्रक टन (५० लाख केजी) बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन। पढ्नेक्रम जारी राख्नुहोस्

ओलीलाई प्रधानमन्त्री बनाउन बालकोटमा छलफल


Kp-oli-2कांग्रेस नमाने गैरकांग्रेसी सरकार बनाउने विकल्प तयार
१४ जेठ, काठमाडौं । राष्ट्रिय सहमतिको सरकार गठनको गृहकार्य भित्रभित्रै चलिरहेका बेला एमाले नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । एमाओवादी नेतृत्वबाट अध्यक्ष केपी शर्मा ओलीलाई सहमतीय सरकारको प्रधानमन्त्री मान्न तयार भएर प्रस्ताव अघि बढिसकेको सन्दर्भमा एमालेका शीर्षनेताहरु भावी रणनीतिमा जुटेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सिन्धुपाल्चोकबाट हजारौंले घर छाडे


ऋषिराम पौड्याल
ghar-chhode_20150528090315चौतारा, जेष्ठ १४ – बरुवा ५ सिम्पानीका दमैसिंह तामाङको पाँचजनाको परिवार कुम्लो बोक्दै मुलम्ची झरे। ठाउँठाउँमा रात बिताउँदै अहिले उनको परिवार भक्तपुरको बोडे पुगेको छ। घर लड्यो, बारी पहिरोले लग्यो, टेक्ने ठाउँ चिराचिरा भयो, दमैसिंहले भने, गाउँ छाड्ने मन त कहाँ थियो र? घरले पुरेर बाबु, दाइ र भतिजी गुमाएका ग्याल्बो वाइबा आफू र आफ्ना छिमेकीले वस्तुभाउ फुकाएर गाउँ छाडेको झल्झली सम्झिरहेका छन्। उनी भन्छन्, ‘ज्यानभन्दा ठूलो केही नहुँदो रहेछ, कहाँ गए होलान् गाईवस्तु? बरुवाको सबै बस्ती चिरा परेपछि बस्ने कुरै भएन, वाइबाले थपे। पढ्नेक्रम जारी राख्नुहोस्