चार रेक्टरभन्दा माथिका २७० पराकम्पन


महाभूकम्पको एक महिना
gorkha_20150527091554काठमाडौ, जेष्ठ १३ – विनाशकारी भूकम्प गएको एक महिनाको अवधिमा चार रेक्टरभन्दा माथिका २७० पराकम्पन गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सानोभन्दा सानो कम्पन्न समेत हिसाब गर्ने हो भने गत वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म २० हजारभन्दा बढी कम्पन गइसकेको छ ।

गत वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु हुने गरी ७ दशमलब ६ म्याग्निच्युटको भूकम्प गएको थियो । वैशाख १२ गते गएको भूकम्पसहित ६ रेक्टर माथिका चारवटा भूकम्प गइसकेको छ । गोरखालाई नै केन्द्रविन्द्र मानेर सोही दिन ६ दशमलब ६ रेक्टर अर्को ठूलो पराकम्पन गएको थियो भने वैशाख १३ गते दिउँसो १२ः३० बजे सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु हुने गरी ६ दशमलब ९ रेक्टरको पराकम्पन गएको थियो ।

त्यस्तै वैशाख २९ गते पुनः दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु हुने गरी ६ दशमलब ८ रेक्टरको अर्को ठूलो पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

एक महिनाको अवधिमा ५ रेक्टरभन्दा माथिका ३९ वटा पराकम्पन गएको भूकम्प मापन केन्द्रको वेवसाइटले देखाएको छ । विनाशकारी भूकम्पका कारण ४ हजार ७७९ महिला, ३ हजार ८९३ पुरुष र पहिचान हुन नसक्ने एक गरी ८ हजार ६७३ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ८ हजार ६४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।

भूकम्पमा परी २१ हजार ९५४ जना घाइते भएकामध्ये हालसम्म ४ हजार ८७७ जना विभिन्न अस्पतालमा उपचारार्थ रहेका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७३४, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ४३०, पश्चिम क्षेत्रमा ४५१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५३, मध्य क्षेत्रमा ७ हजार २३४, पश्चिम क्षेत्रमा १ हजार २४६, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा दुई जना रहेका छन् ।

विनाशकारी महाभूकम्पमा परी नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ को ज्यान गएको छ भने हालसम्म २०५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएका छन् ।

यसैगरी विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा २ लाख ८६२, पश्चिम क्षेत्रमा १ हजार ४६ हजार ७६८, मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा ४ लाख ७० हजार ९९१ भौतिक संरचनाहरु क्षति भएका छन् ।

महाभूकम्पका कारण विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तुपा, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर परिसरलगायत सयौँ मठमन्दिर, देवालय पूर्ण रुपमा क्षति भएका छन् । यस्तै ऐतिहासिक स्मारक धरहरा समेत पूर्णरुपमा क्षति भएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, गोर्खा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, रामेछाप, ओखलढ्ङ्गा, काभ्रे, नुवाकोट गरी १४ जिल्ला महाभूकम्पका कारण अति प्रभावित र अन्य ४० बढी जिल्ला प्रभावित भएका छन् ।

महाभूकम्पमा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप १ लाख र किरिया खर्च वापत ४० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएअनुसार वितरण गरिसकेको जनाइएको छ । पुनःनिर्माण अभियानका लागि आगामी असार १० गते विभिन्न दाता मुलुकहरुको सम्मेलन सरकारले आयोजना गर्दैछ ।

३४ मुलुकका ४ हजार बढी सेना र चिकित्सकको उद्धार टोली भूकम्प पछि खोज तथा उद्धार सक्रिय भएको थियो । त्यस्तै खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण क्रियाशील भएका थिए ।

विसं. १९९० माघ २ गते गएको भूकम्पपछिको सबैभन्दा ठूलो भूकम्पका कारण मुलुकको जनजीवन अहिलेसम्म पनि सहज हुन सकेको छैन ।

विनाशकारी भूकम्पका कारण ४ हजार ७७९ महिला, ३ हजार ८९३ पुरुष र पहिचान हुन नसक्ने एक गरी ८ हजार ६७३ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ८ हजार ६४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।

भूकम्पमा परी २१ हजार ९५४ जना घाइते भएकामध्ये हालसम्म ४ हजार ८७७ जना विभिन्न अस्पतालमा उपचारार्थ रहेका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७३४, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ४३०, पश्चिम क्षेत्रमा ४५१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५३, मध्य क्षेत्रमा ७ हजार २३४, पश्चिम क्षेत्रमा १ हजार २४६, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा दुई जना रहेका छन् ।

विनाशकारी महाभूकम्पमा परी नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ को ज्यान गएको छ भने हालसम्म २०५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएका छन् ।

यसैगरी विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा २ लाख ८६२, पश्चिम क्षेत्रमा १ हजार ४६ हजार ७६८, मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा ४ लाख ७० हजार ९९१ भौतिक संरचनाहरु क्षति भएका छन् ।

महाभूकम्पका कारण विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तुपा, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर परिसरलगायत सयौँ मठमन्दिर, देवालय पूर्ण रुपमा क्षति भएका छन् । यस्तै ऐतिहासिक स्मारक धरहरा समेत पूर्णरुपमा क्षति भएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, गोर्खा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, रामेछाप, ओखलढ्ङ्गा, काभ्रे, नुवाकोट गरी १४ जिल्ला महाभूकम्पका कारण अति प्रभावित र अन्य ४० बढी जिल्ला प्रभावित भएका छन् ।

महाभूकम्पमा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप १ लाख र किरिया खर्च वापत ४० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएअनुसार वितरण गरिसकेको जनाइएको छ । पुनःनिर्माण अभियानका लागि आगामी असार १० गते विभिन्न दाता मुलुकहरुको सम्मेलन सरकारले आयोजना गर्दैछ ।

३४ मुलुकका ४ हजार बढी सेना र चिकित्सकको उद्धार टोली भूकम्प पछि खोज तथा उद्धार सक्रिय भएको थियो । त्यस्तै खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण क्रियाशील भएका थिए ।

विसं. १९९० माघ २ गते गएको भूकम्पपछिको सबैभन्दा ठूलो भूकम्पका कारण मुलुकको जनजीवन अहिलेसम्म पनि सहज हुन सकेको छैन ।(रासस)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.