सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले देगत्याग गरेका छन् । ६५ वर्षीय उप्रेतीले आइतबार राति आफ्नै निवासमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।उप्रेतीको सुसाइड नोटमा इच्छामरण लेखिएको छ । दुई छोरी र एक छोराका बाबु उप्रेतीले ज्ञानेश्वरस्थित आफ्नै निवासको बैठक कक्षमा झुन्डिएर आत्महत्या गरेका हुन् । सोमबार बिहान साढे ३ बजे झुन्डिएको अवस्थामा उनको शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।वकालत क्षेत्रमा लामो समयसम्म सक्रिय उप्रेती कम्पनी र कर्पोरेट कानुनका ज्ञाता मानिन्थे । न्यायक्षेत्रमा चर्चित र विवादरहित न्यायधीशका रुपमा परिचित उप्रेती सर्वोच्चको लामो समय अस्थायी न्यायाधीश भएका उनले अवकास पाएका थिए । आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश उप्रेतीको शव त्रिवि शिक्षण अस्पताललाई बुझाइएको छ । सुसाइड नोटमा उप्रेतीले गरेको माग अनुसार उनको दाहसंस्कार नहुने भएको छ । उप्रेतीले लेखेको सुसाइट नोटमा पशुपतिमा दाहसंस्कार नगर्नु र आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई बुझाइदिनु भनेकाले उनको दाहसंस्कार नगरिने र शोक तथा श्रद्धाञ्जलिको सामान्य विधिमात्रै गरिने पारिवारिक श्रोतले जनाएको छ । (न्युज २४ )