दर्शन ठकुरी समाज कुबेत ले भूकम्प पिडितलाई सहयोगर्थ च्यरीटी शो गर्दै ३१ जुलाइ २०१५ मा


सुरेश गुरुङ ,कुबेत

111२०७२ साल बैशाख १२ गते देखि पटक पटक नेपालमा गएको महाभुकम्प तथा ब्यापक रुपमा मानविय तथा ठूलो धनजनको क्षति हुन गएको र नेपालमा १० हजार भन्दा बढि सर्व साधारण नागरिकको ज्यान जानुको साथै हजारौं संख्यामा घरवार विहिन तथा घाईते रहेको अवस्थामा यस विपतको घडिमा पराकम्पनका कारण ज्यान गुमाउनु हुने हरु को लागि दर्शन ठकुरी समाज कुबेत ले पिडितलाई सहयोगर्थ च्यरीटी शो गर्ने भएको छ।

“”ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं” भन्ने मूलनारा लिएर कुवेतको नेपाली समाजमा बिभीन्न सघ सस्थाहरु सग हातेमालो गर्दै सामाजिक कार्यमा सधै अग्रसर जातीय सस्था दर्शन ठकुरी समाज कुवेतले आयोजना गर्न लागेको उक्त च्यारेटी शोबाट हुन आएको बचतलाई भूकम्प पिडितलाई सहयोग समाजका अध्यक्ष तथा चर्चीत लोक गायक बि बि मल्ल ठकुरीले जनाएका छन।

पिडितलाई सहयोगर्थ च्यरीटी शो को लागि   कुवेतमा कार्यरत सम्पूर्ण सघ संस्था हरु लाई सहयोग आपिल पनि गर्नु भएको छ। भने नेपाल को चर्चित कलाकार नेपालकी चर्चित एवम् सदाबहार नायिका रेखा थापा, चर्चीत लोकदोहोरी गायक रामजि खाँड़, र लोकदोहोरी गायीका सम्झना मगर कुवेत आउने भएको छ। एउटा नेपाली लाइ अर्को नेपाली परेको बेलामा नै काम लाग्नु पर्छ अहिलेको यो अबस्थामा त झन सबै नेपालीहरु एक जुट भएर भुकम्प पिडितहरुलाई सहयोग गर्दै नयाँ नेपालको निर्माणमा जुट्नु पर्छ

भन्ने संदेश दिदै आगामी जुलाई ३१ तारिक शुक्रबारका दीन मंगाफ स्थित कम्बोडियन इग्लीस स्कुलमा आयोजना हुने उक्त च्यारेटी शोमा अतिथि कलाकारका साथमा समाजका अध्यक्ष चर्चीत लोक गायक बि बि मल्ल ठकुरी लगायत स्थानीयस्थरका ख्याति प्राप्त कराकारहरुको बेजोड़ प्रस्तुती रहने कुरा बताउदै अध्यक्ष मल्लले कुवेतमा कार्यरत सम्पूर्ण सघ संस्था समाजसेवी , बुद्धिजीवी , पत्रकार , कलाकार , खेलाडी तथा नेपाली दाजु भाइ तथा दीदीबहीनीहरुलाइ पूर्णरुपमा सहभागि भैदिनुहुन हार्दिक अपिल गर्दै कुनै पनी संघ संस्था र ब्यक्ती विशेषले उक्त दिनमा आफ्ना कार्यक्रम नजुधाइदीनु हुन हार्दिक अनुरोध गरेका छन ।

कार्यक्रमको विवरण
मिति :- ३१ जुलाइ २०१५( शुक्रबार )
स्थान :- कम्बोडियन इंग्लिश स्कुल मंगाफ (सुल्तान सेन्टर अगाडी)
समय :- दिनको ठिक १ बजे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.