चेन्नईलाई हराउँदै मुम्बई बन्यो आईपीएल च्याम्पियन


mumbai-indians-v-rcb-2015-ipl११ जेठ, काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको च्याम्पियन बनेको छ ।

कोलकत्ताको इडेन गार्डनमा खेलिएको फाइनल भिडन्तमा चेन्नईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दियो ।मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसको सुरुवात भने खराव थियो । ओपनर पार्थिव पटेल खाता नै नखोली आउट भए ।

तर, कप्तान रोहित शर्मा र लेन्डल सिमोन्सले मुम्बईको पारी सम्हाले । सिमन्स र शर्माले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । रोहितले २६ बलमा ६ चौका र दुई छक्काको मदतमा ५० रन बनाए । उनलाई ब्राभोले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।सिमोन्स पनि लगतै आउट भए । उनलाई ड्वेने स्मिथले बोल्ड गरे । ४५ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मदतमा ६८ रन बनाए ।

किरन पोलार्ड र अम्बाती रायडूले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । पोलार्डले १८ बलमा दुई चौका र तीन छक्काको मदतमा ३६ रन बनाए । २६ बलमा ३६ रन बनाएका राडयू अविजित रहे ।जवाफमा चेन्नईले भने २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो । उसको सुरुवात खराव रह्यो । २२ रन हुँदा पहिलो विकेका रुपमा माइक हसी व्यक्रिगत चार रनमा आउट भए ।

ड्वेन स्मिथ र सुरेश रेनाले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । तर, १२ औं ओभरमा स्मिथ ५७ रनमा आउट हुँदा चेन्नईका लागि आवश्यक रन रेटप्रति ओभर १४ कटिसकेको थियो । स्मिथले ५७ रन बनाए । सुरेश रैना २८ रनमा हरभजन सिंहको सिकार भए ।ड्वेन ब्राभो ९ र कप्तान महेन्द्र सिंह धभोनी १८ रनमा पभेलियन फर्किए । मुम्बईका मिचेलले ३ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले समान २–२ विकेट लिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.