यू ए ई को दुबईमा नेपथ्यको कन्सर्ट सम्पन्न


रिलोचन कोइराला, युएई

15052208IMG_2990देश दुखेको छ हामीसँग बाँड्नका निम्ति दु:ख मात्रै छ यहि दु:ख तपाईहरु संग बाँड्न हामि दुबाई सम्म आएका है” भन्दै मन्चमा उत्रिएका अमृत गुरुङलाई दर्शकले गड्गडाएर तालीले साथ दिए संगै सुराम्भ भयो नेपथ्य लाईब कन्सर्ट दुबाई ।

दुबईको अल नाशिर क्लब करामामा आइस ल्याण्ड हलमा मे २१ तारिक बिहीबार बेलुका ९ बजेदेखि सुरु भएको नेपथ्यको प्रस्तुती निरन्तर राति ११ बजेसम्म चलेको थियो । खचाखच भरिएका दर्शकलाई अमृतले ” हामी मनोरञ्जन होइन, समवेदना बाँड्न आएका छौं, भूकम्पपीडितमै समर्पित भएको हुनाले यो कन्सर्ट गर्नुपर्ने नभइदिएको भए गाउने पटक्कै मन छैन । दु:ख बाढेमा मनमा शान्ति मिल्छ रे हामित दु:ख बाड्न मात्र आएको ” भन्दै दर्शकलाई संकटलाई समधान गर्न हामि सबै लग्नु पर्ने पताए ।

भूकम्पपछि नेपथ्यले कन्सर्टलाई ’जनचेतना अभियान’ र यसबाट उठेको पैसालाई ’राहत संकलन’का रूपमा घोषणा गरेको थियो । अमृतले गम्भीर र भावनात्मक कुरा गर्दै ’नराम्रो सपना देखेथेँ…’ गीतबाट कन्सर्ट थालनी गरेका थिय । त्यसपछि अमृतले ’टाढा धेरै टाढा, उडेका रंगीन चरा’ र ’आमा हुन असजिलो छ’ ’अभाव अभावै भयो…’ ’जीवन हो घाम छायाँ…’ बाट गायन सिलसिलालाई जोडे। यी गीतहरू स्टेजमा प्रस्तुत भइरहेको दर्शकले हातमा नेपाली झन्डा फर्फराउदै अमृतलाइ साथ दिएका थिए पृष्ठभूमिमा भने भूकम्पले क्षतिग्रस्त संरचनाहरू देखाइएको थियो।

1505220811222680_10205367909849949_7240631695945716072_nराहतका लागि नेपथ्यले संगीत यात्राको नामकरण नै गरेर नेपथ्यले नेपालमा विनासकारी भूकम्प गए पछी पीडितको राहत संकलन तथा त्यस’bout जनचेतना अभियानमा समर्पित गर्ने घोसणा गेरेको थियो । राष्ट्रिय भाव जगाउन सफल अमृतले तपाई हिडेको बाटो खेलेको रोधी तपाई हुर्केको घर अब केहि पनि छैन सबै भूकम्पले लग्यो भन्दै उनले दर्शकलाई समय मिलाएर परिवारलाई सान्ताना दिन छुटी मिलाएर नेपाल जान आग्रह गरेका थिए ।

अमृतले नेपथ्यले पुर्ब्निर्ध्रित दुबईको कार्यक्रम पनि पिडितको लागि सहयोगार्थ हुने यस अगाडी नै बताई सकेको थियो । केही महिनाअगावै तय भएको दुबईको कार्यक्रमलाई अन्तिम समयमा रद्द गर्न नमिल्ने भएपछि नेपथ्यले कन्सर्टलाई नै ‘जनचेतना अभियान’ र यसबाट उठेको पैसालाई ‘राहत संकलन’ का रूपमा घोषणा गरेको आयोजक जस पाइजा र राजन अधिकारीले बताए ।

15052208IMG_2979अमृतले ” छेक्यो छेक्यो .. ” ‘रानीको आँसुको कसम’, ‘यौटा चिट्ठी’, ‘पानी तिरतिरे’ ‘अभाव अभावै भयो’ ‘जीवन हो घाम छायाँ’ लगाएत दुई दर्जन गीतहरु गाउन जेल गाउन्जेल मञ्चको पृष्ठ भागमा दुई साताअघि भूकम्पले ध्वस्त पारेका संरचनाहरू देखाइएको थियो ।

पछिल्लो एल्बममा समेटिएको एउटा हाक्पारे भाकाको गीत पनि सुनाएका थिए । दुई घन्टा लामो कार्यक्रमको अन्त्यमा ‘गाउँ–गाउँबाट उठ’ गाउँदा हलभरि जताततै राष्ट्रिय झन्डा बोकेर उफ्रिरहेका दर्शक देखिन्थे । कन्सर्ट हेर्न दुबईमा बस्दै आएका नेपाली मात्र होइन, फिलिपिनी , इन्डियन , पाकिस्तानी , युरुपिन तथा अरबीक नागरिकहरुको पनि बाक्लो उपस्तिथी रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.