महत्व पूर्ण निणयका साथ जनजाती महासंघ कुवेतको बैठक सम्पन्न


नैन कला राई , मे २३ कुवेत,

11356170_784044558359701_75579416_nहिजो मिति २२ मे शुक्रबारका दिन उपाध्यक्षद्वय शिब लिम्बु र रमेश राईको अध्यक्षतामा फर्वानिया गार्डेनमा आदिबासी जनजाती महासंघ तदर्थ समिति कुवेतको बैठक सम्पन्न भएको छ l उक्त बैठकमा समितिका प्राय सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले निम्त्याएको राष्ट्रिय विपत्तिको ’boutमा बृहत छलफल भएको थियो साथै छलफलमा भुकम्पबाट पीडित परिवारहरुको लागि महासंघद्वारा भूकम्प पिडित राहत संकलन समिति कुवेतलाई संस्थागतरूपले पहिलो चरणमा गत मे २ तारिकका दिन १११ कुवेती डिनर (३७३०० रुपैया)प्रधानमन्त्री दैवीप्रकोप राहत कोषका लागि हस्तान्तरण गरिसकेको र दोस्रो चरण हिजोको बैठकमा पनि थप ११५ कुवेती डिनर( ३८००० रुपैया) राहत सङ्कलन गरेको र उक्त संकलित रकम छिट्टै नेपाल आदिबासी जनजाती महासंघको केन्द्रमा पठाइने निणय समितिले पारित गरेको छ l

महासंघका संस्थापक संयोजक अमित राईले नेपाल आदिबासी जनजाती महासंघको नेतृत्वमा भूकम्प पिडितहरुको उद्दार र राहत वितरणमा उत्कृष्ट भूमिका रहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पिडितहरुको थप सहयोगका लागि विदेशबाट गर्ने सकिने आर्थिक सहयोगका लागि पहल गर्ने बताएको छ ।

देश निर्दयी महाभूकम्पले छेद बिछेद पारि पीडाले रोइरहेको बेला आदिबासी जनजाती महासंघ तदर्थ समिति कुवेतका महासचिव बसन्त थापा मगरको माताको केही दिन पहिले असामयिक निधन भएकोमा आदिबासी जनजाति महासंघ कुवेत द्वार मृतक माता प्रती गहिरो दु:खद प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरि शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान को कामना गरिएको छ l

अन्त्यमा बैठकमा बिबिध बिषयमा छलफल गरिएका र केहि महत्वपुर्ण बिषयहरु आगामी बैठकमा छलफल गर्ने गरि जुन १५ तारिखमा अर्को बैठक बस्ने गरि बैठक समापन गरीएको छ l

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.