तमू समाज, कुवेत द्वारा भुकम्प पीडितहरुलाई राहत सहयोग प्रदान


राजु गुरुङ, कुवेत
11291769_1076365925710191_590515649_nगत बैशाख १२ गते शनिबार गएको महाप्रलयकारी भुकम्प पीडितहरुलाई तमू समाज, कुवेत द्वारा राहत सन्कलन गरी सहयोग गरेको छ।  भुकम्प द्वारा अकल्पनिय जन र धनको क्षती भई हजारौ नेपाली दाजुभाई दिदी बहिनीहरुको परिवार बिस्थापित भईरहेको अवस्थामा तत्काल राहत उपलब्ध गर्न, गराउन मानविय कर्तब्य सम्झी आफुले सक्ने सहयोग गर्न समाजले सम्पूर्ण सदस्यहरुलाई अपिल गरेको थियो । राहत संन्कलन गर्न कुवेतमा कृयाशिल नेपाली संघ-सस्थाहरु द्वारा नेपाली राजदुताबास कुवेतको रोहबरमा शुरु गरिएको सयुक्त अभियानमा हातेमालो गर्दै समाजले १०१ कुवेती दिनार (झन्डै तेत्तिस हजार आठ सय पैतिस रुपैया) नगद सहयोग प्रदान गरेको छ ।

भुकम्पको केन्द्र मानिएको गोर्खा तथा छिमेकी जिल्ला लम्जुङ, लगायत काठमाडौं, सिन्धुपाल्चोक जिल्लाहरुमा भारीमात्रमा नोक्सानी पुर्याएको समाचार अाईरहेको अवस्थामा समाजले आफ्ना सदस्यहरुको घर परिवारमा क्षती भए नभएको जानकारी लिएको थियो । भुकम्पले पुर्याएको नोक्सानी ’bout जानकारी लिने क्रममा हंसपुर-६, खलंगा गोर्खाका सानु गुरुङ, पाँचखुवा देउराली-३, धारापानी गोर्खाका भिम गुरुङ, भोटेनाम्लङ-८, बाख्रे टोल सिन्धुपाल्चोकका सरस्वती गुरुङ, पाँसगाउ-३, सिङ्दी लमजुङका ममता गुरुङ र ल्वाङ घलेल-४, कास्कीका सुक बहादुर गुरुङको घरहरु क्षत बिक्षत भई ढली खाध्यन्न धान चामल, लात्ता कपडा तथा गाई वस्तु चौपायाहरु समेत पुरिएर मर्न पुगेको हुँदा साथै सम्पूर्ण परिवारजनहरु खुल्ला आकाशमुनी शरण लिन वाध्य भएको पाईएकोले समाजको आपत्कालिन बैठकले पीडित सदस्यहरुलाई सहयोग गर्ने निर्णय गरेको थियो, सोही अनुरुप पीडितहरुलाई भुकम्पले पुर्याएको भौतिक नोक्सानीको अवस्थालाई मध्य नजर गर्दै सदस्यहरु सानु गुरुङ, सरस्वती गुरुङ, ममता गुरुङ, भिम गुरुङको नेपालमा रहेका पीडित परिवारलाई जनही ५०,१०० रुपैयाको दरले तथा अर्का सदस्य शुक बहादुर गुरुङको पीडित परिवारलाई ३५,१०० रुपैया गरी जम्मा २,३५,५०० (दुई लाख पैतिस हजार पाँच सय) रुपैया तत्काल राहत स्वरुप सहयोग प्रदान गरेको छ । त्यस्तै गरी तमू समाज, कुवेतको मातहतमा सन्चालित “तमू बचत तथा ऋण सहकारी कोष” बाट पीडित सदस्यहरुले निर्ब्याजी ऋण लिन सक्ने सहुलियत प्रदान गरी पीडितहरुको दुखेको घाऊमा सके सम्म महलम पट्टी लगाउने प्रयास गरेको छ ।14

प्राकृतिक बिपतको बेला समाजले तत्परता देखाइ निस्वार्थ भावनाले गरेको सहयोग सर्हानिय रहेको छ, यद्दपी यस् अघी पनि बेला बेलामा समाजले सहयोगी हातहरु बढाइ रहेको थियो नै भने भर्खरै मात्र बिरामी छम माया गुरुङलाई घर फर्कनको निम्ती हावाइ टिकट प्रदान गरेको थियो । त्यस्तै गरी चैत्र ९, २०७१ मा ताप्लेजुङको सदरमुकाम फुङलिंगमा र चैत्र १२ मा सप्तरीको कंचनपुर नगरपालिकामा भिषण आगलागी बाट पीडित परिवारहरुलाई पनि सहयोग प्रदान गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.