टहरा बनाउन रकम वितरण सुरु


बलराम बानियाँ
temporary_shelter_---04_20150522012554कूल साढे सात अर्ब रुपैयाँ चाहिने
काठमाडौ, जेष्ठ ८ – भूकम्पले पुरै घर भत्किएका र बस्नै नहुने घर भएका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले रकम वितरण कार्य सुरु गरेको छ । गृह मन्त्रालयले बिहीबार पठाएको रकम भूकम्प प्रभावति जिल्लामा शुक्रबारदेखि बाँड्न सुरु गरेको हो । रकम वितरण नगरपालिका र गाविसले गर्ने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा चार अर्ब रुपैयाँ निकासा गरेको छ ।

गृहका अनुसार अस्थायी आवासको लागि कुल साढे ७ अर्ब रुपैयाँ चाहिन्छ । नगरपालिका र गाविसले माग गरे बमोजिमको मन्त्रालयले पठाएको पहिलो किस्ताको रकम जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत वितरण सुरु गरिएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुनेछन् ।

गाविस र नगरपालिकाले आफूलाई चाहिएको रकम माग गरे अनुसार समितिले रकम निकासा गर्ने गृह मन्त्रालयका सह-सचिव विनोद केसीले बताए । उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाविस तथा नगरपालिकाका भूकम्प पीडितले शुक्रबार नै रकम बुझ्न सक्नेछन् भने अलि टाढाका पीडितले आइतबारदेखि रकम पाउनेछन् ।

गाविस सचिव र नगरपालिकाको वडा सचिवले सर्वदलीय संयन्त्रको समन्वयमा घर भत्केकालाई १५ हजार रुपैयाँ दिने गृहका सहसचिव केसीले बताए । उनका अनुसार बाँकी तीन अर्ब रुपैयाँ सरकारले चाँडै नै निकासा गर्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार मुलुकमा ४ लाख ९४ हजार घर भूकम्पका कारण क्षतिग्रस्त छन्।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.