८ जेठ, काठमाडौं । पूर्वप्रधान सेनापति रुकमांगद कटवालले राष्ट्रिय सरकार गठन गर्दा मारामार हुने बताएका छन् । नागरिक दैनिकसँगको अन्तर्वातामा कटवालले भनेका छन्-‘राष्ट्रिय सरकार गठन हुनेहो भने भोली यहाँ मारामार भएन भने हेर्नुहोस म घाँटीमा घन्टी झुन्ड्याएर हिँड्छु । अर्थमन्त्री को हुने, रक्षामन्त्री को हुने, गृहमन्त्री को हुने भनेर मारामार हुन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/05/2015
राष्ट्रिय सरकारमा मारामार नभए घण्टी झुन्ड्याएर हिँड्छु : कटवाल
Posted in समाचार
टहरा बनाउन रकम वितरण सुरु
बलराम बानियाँ
कूल साढे सात अर्ब रुपैयाँ चाहिने
काठमाडौ, जेष्ठ ८ – भूकम्पले पुरै घर भत्किएका र बस्नै नहुने घर भएका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले रकम वितरण कार्य सुरु गरेको छ । गृह मन्त्रालयले बिहीबार पठाएको रकम भूकम्प प्रभावति जिल्लामा शुक्रबारदेखि बाँड्न सुरु गरेको हो । रकम वितरण नगरपालिका र गाविसले गर्ने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा चार अर्ब रुपैयाँ निकासा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
तमू समाज, कुवेत द्वारा भुकम्प पीडितहरुलाई राहत सहयोग प्रदान
राजु गुरुङ, कुवेत
गत बैशाख १२ गते शनिबार गएको महाप्रलयकारी भुकम्प पीडितहरुलाई तमू समाज, कुवेत द्वारा राहत सन्कलन गरी सहयोग गरेको छ। भुकम्प द्वारा अकल्पनिय जन र धनको क्षती भई हजारौ नेपाली दाजुभाई दिदी बहिनीहरुको परिवार बिस्थापित भईरहेको अवस्थामा तत्काल राहत उपलब्ध गर्न, गराउन मानविय कर्तब्य सम्झी आफुले सक्ने सहयोग गर्न समाजले सम्पूर्ण सदस्यहरुलाई अपिल गरेको थियो । राहत संन्कलन गर्न कुवेतमा कृयाशिल नेपाली संघ-सस्थाहरु द्वारा नेपाली राजदुताबास कुवेतको रोहबरमा शुरु गरिएको सयुक्त अभियानमा हातेमालो गर्दै समाजले १०१ कुवेती दिनार (झन्डै तेत्तिस हजार आठ सय पैतिस रुपैया) नगद सहयोग प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार