वजन घटाउने शुलभ तरीका जान्न पढ्नै पर्ने मेरो ६ महिने डाइट प्लानको विवरण- (नारायण बैद्ध)-कुवेत
नेपालमा हुँदा खाने ,पिउने र टिभी हेर्दै दिन बिताउने couch potato जीवनशैलीको मान्छे यता खाडीमा आएर कुर्सीमा बस्दै दिनभरी कम्प्युटर चलाउने उस्तै सहज(sedentary ) किसिमको दिनचर्या अवलम्बन गर्नुपर्ने भयो । फलस्वरूप , ५ फिट ८ इन्च उचाई भएको मेरो वजन ९३ केजि पुग्यो । एकतल्ला उक्लिन वा १०० मिटर हिड्नपर्दा पनि स्वास फुल्न थालेपछि दिमागमा घण्टी बज्यो ।त्यसपछि अधैर्य भएर तौल घटाउने उपाय खोज्न थाले । दसौं दिन गुगल गरे । सयौं साइटमा घोत्लिए