सहयोग सम्मेलन नेपालले आफैं गर्ने


चन्द्रशेखर अधिकारी
Prime-minister-Press-meet-3_20150518085654काठमाडौ, जेष्ठ ४ – भूकम्प पीडितको पुन:स्थापनाका निम्ति सरकारमार्फत सहयोग गर्न आनाकानी गर्दै आएका दातृ समुदाय ‘अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्न भने हानथापमा उत्रिएका छन् । छिमेकदेखि अन्य दाता मुलुकसमेत आ–आफ्नै अग्रसरतामा सम्मेलन गराउन इच्छुक देखिएका हुन् । दाताको यस्तो होडबाजीपछि सम्मेलन नेपाल आफैंले गर्ने भएको छ ।

अर्थमन्त्री रामशरण महत एसियाली विकास बैंकको कार्यक्रममा सहभागी हुन अजरबैजानमा छँदै जापानले सक्दो छिटो त्यस्तो सम्मेलन गरिदिने वा नेपाललाई सघाउने बताएको थियो । जापानलगत्तै अन्य मित्रराष्ट्रले पनि दाता सम्मेलन गराउने इच्छा जनाएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । भारत, चीन, अमेरिका, युरोपेली मुलुकहरू लगायतले यस्तो सम्मेलनको नेतृत्व लिन लागि परेको बुझेर नेपालले आफैं गर्न लागेको हो ।

नेपाललाई आवश्यक पर्ने राहतका लागि मात्र नभई पुनर्निर्माण योजनाका लागि दाता मुलुक र निकायको ध्यान केन्द्रित गर्न यस्तो सम्मेलन सरकारले नेपालमा नै गर्ने तयारी अघि बढाएको हो । प्रधानमन्त्री कार्यालय उच्चस्रोतका अनुसार सरकारले एक महिनाभित्र उक्त सम्मेलन काठमाडौंमा गर्ने तयारी गरेको छ । एकलाई जिम्मेवारी दिँदा अन्य मुलुक रिसाउने ठान्दै सरकार आफैंले काठमाडौंमा सम्मेलनको तयारी गरेको हो ।

दाताहरूले नेपालको अवस्था हेर्न सक्ने र त्यस’bout स्थलगत जानकारी पनि लिन सक्ने भएकाले पनि सम्मेलन काठमाडौंमै गर्न खोजिएको हो ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि सबैको सद्भावलाई मध्यनजर गर्दै नेपाल सरकार आफैंले सम्मेलन गर्ने योजना बनाएको कान्तिपुरलाई बताए । नेपाल आफंैले पूर्ण योजनासहित कार्यक्रम गर्न लागेको हो । क्षति र पुनर्निर्माणसम्बन्धी पूर्ण योजना तयार गरेर अन्तर्राष्ट्रिय समुदायलाई समेत त्यसको विवरण पठाउनेछ ।

यतिबेला अन्तर्राष्ट्रिय समुदाय ‘आफूखुसी’ सहयोगभन्दा सरकारी कोषबाट सहयोग गर्नुपरेकोमा ‘असन्तुष्ट’ देखिएका छन् । तर अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा बाचा गरिसकेकाले उनीहरूको सहयोग आउने निश्चितप्राय: छ । नेपाल सहायतासम्बन्धी राष्ट्रसंघको शुक्रबारको प्रस्तावमा एक सय २७ मुलुकले सहयोग गर्ने बाचा गरेका छन् ।दाताको सहयोग उनीहरूकै च्यानलबाट खर्च भए यहाँ खासै रकम नआउने यहाँको आशंका छ । दाताले भने स्थानीय निकाय नभएको र कर्मचारीतन्त्रले यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै आफंैले खर्च गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.