राज मल्ल,कुबेत
१८ मे कुवेत “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मूल नाराका साथ बिगत लामो समय देखि आफ्नो नेपाली धर्म संस्कृति, परम्परा , रितीरीवाज जोगाउदै आइरहेको लालीगुँरास सांस्कृतिक परिवार नेपाल कुवेतले हरेक वर्ष मनाउदै आइरहेको नेपालीहरुको महान चाड वडादशैं यसपाली पनि सस्थाको आठौ प्रस्तुती स्वरुप अक्टुवर १६ तारीक शुक्रबारका दीन दशैं विषेश सास्कृतीक कार्यक्रम आयोजना गरी मनाउने भएको छ।
शुभकामना आदानप्रदान तथा मनोरन्जन हेतु आयोजना हुन लागेको कार्यक्रमको ’boutमा पूर्व तयारी भइरहेको सम्पूर्ण तयारी भएपछी कार्यक्रमवारे बीस्तृतरुपमा जानकारी गराउने बताउदै सस्थाका अध्यक्ष डिबी लोप्चनले उक्त दिनमा कुवेतमा कार्यरत सम्पूर्ण संघ संस्था समाजसेवी , बुद्धिजीवी , पत्रकार कलाकर , खेलाडी तथा नेपाली दाजु भाइ तथा दीदीबहीनीहरुलाई पूर्णरुपमा सहभागि भैदिनुहुन हार्दीक अनुरोध गर्दै कुनै पनी संघ संस्था र ब्यक्ती विशेषले उक्त दिनमा आफ्ना कार्यक्रम नजुधाइदीनु हुन समेत अनुरोध गरेका छन।