आर्थिक, सामाजिक र मानसिक अवस्थालाई मध्यनजर गर्दै भुकम्प पीडितहरुको लागि सहयोग गर्ने हातहरु संसारभरि उठीरहेको छ। होस्टेमा हैसे गर्दै कुवेतबाट पनि बिभिन्न सघसंस्था, महानुभाबहरुले रातो दिन खटेर लगभग १ करोड रुपैया नेपाल पठाएको सर्बबिदितै छ। शायद नेपाल र नेपाली बचाउ भन्ने सोच विश्वका बिभिन्न भागमा छरिएर रहनु हुने नेपालीहरुलाई मात्र होइन बिदेसी संघसंस्था देखी लिएर जन समुदायहरुलाई पनि छ। यसै क्रम्मा कुवेतबाट भारतीय समुदायले पनि आफ्नो तरिकाबाट नेपाली भुकम्प पीडितहरुलाई राहात पठाउने जमर्को गरिरहेको कुरा नेपाल तमाङ घेदुङ कुवेतका सकृय सदस्य श्री भिम राज गोलेले टेलिफोन मार्फत जानकारी गराउनु भएको छ। कुवेतको इष्ट शुवेख (East Shuwaikh) स्थित “राजा ट्रेडिङ स्टोर” (Raja Trading Store) कम्पनीमा बिभिन्न प्रकारका रहात सामग्री को सन्कलन भईरहेको कुरा श्री गोले ले अवगत गराउनु भएको छ।
मई महिनाको १६ तारिक श्री गोलेले राजा ट्रेडिङ कम्पनीमा गएर त्यहाका पदाधिकारीहरु सँग भेट गरी सो कुराको जानकारी गराउनु भएको हो। भुकम्प पीडितहरुको लागि लगभग सबै प्रकारका रहात सामाग्री (खाद्य बस्तु , लत्ता कपडा देखी ओढ्ने ओछ्याउने ) पठाउने तयारी भईरहेको छ। हाल सम्म लगभग तीन चार टन रहात सामाग्री जम्मा भईसकेको छ र सो सन्कलित सामाग्री नेपाल पठाउने जिम्मा अल रशिद इन्टर्नेसनल एअर फ्राइट (Al Rashid International Air Freight) कम्पनीले लिएको छ। निकट भबिस्यमा यस् राजा ट्रेडिङ कम्पनीसँग सम्बन्धित केही बिसिस्ट ब्यक्तिहरु र यो रहात सामाग्री सन्कलन गर्न मद्दत पुर्याउने भारतीय समुदायका ब्यक्तिहरुको उपस्थितिमा सन्कलित रहात सामग्री अल रशिद इन्टर्नेसनल एअर फ्राइट कम्पनीलाई हस्तान्तरण गरिने कुरा पनि श्री गोले ले बताउनु भएको छ।